लसुन खानूस्, कोरोना भगाउनूस्



लसुन फलदायी वनस्पति मानिन्छ । धेरै अघि ‘गेट द बेस्ट हेल्थ फ्रम फ्रेस जुस’ शीर्षकको पुस्तक पढेको थिएँ । ‘मानिसको पैतालामा शरीरको सबै भागभन्दा बढी छिद्र हुन्छन् । पैतालामा लसुनको बिजुला राखेर जुत्ता लगाए ३० सेकेन्डपछि मुखमा गन्ध आउँछ र ठीक त्यसको उल्टो जिब्रोमुनि राखे पैतालामा गन्ध पुग्छ । यो तरिका दम, सर्दीबाट जिउ दुखेको बेलामा प्रयोग गरिन्छ’ भनेर उल्लेख गरिएको थियो ।

ती अनुभवका आधारमा रुघाखोकी लाग्लाजस्तो भएको बेला एउटा नौलो प्रयोग गरें । बीचमा चिरेको लसुनको एक–एकवटा बिजुला मोजा लगाएर दुवै खुट्टाको पैतालामा, दुवै काखी र मुखमा चाहिँ नचिरेको राखें ।

लसुनको गन्ध निकाल्न दुई/तीन घन्टासम्म सिरक ओढेर सुतें । मुखको लसुनलाई अलि–अलि गरी चपाएँ । चार घण्टाभित्र शरीर ठीक भयो । रुघाखोकी अलि बढी लागेको भए रातभर यो प्रक्रिया गर्नुपथ्र्यो होला ।

थेरापी जति ढिलो ग¥यो अवधि पनि बढी नै लाग्छ । संवत् २०७६ चैतमा पनि बेलायतमा कोरोना पोजिटिभ भएका ज्वाईं, छोरी र १४ वर्षमुनिका दुई नातिलाई लसुन थेरापी गरेपछि ज्वाईं र छोरीलाई एक रातमा र नातिहरूलाई चार घन्टामा ज्वरो हटेर सामान्य अवस्थामा ल्यायो । घाँटी, छाती आदि दुखेमा एक÷दुई गेडा मरिच अलि–अलि गरेर चपाए निको भएको अनुभव पनि मसँग छ ।

लसुन पेटमा पच्न धेरै समय लाग्छ । छिटो फैलने भाइरसलाई काँचो लसुनको गन्धसँग यथास्थितिमा छिटोभन्दा छिटो शरीरको अंगभित्र सम्पर्क गराउन ढिलो हुन सक्छ । यसैले नाक, मुख, पैताला, काखी वा सासबाट लसुनको गन्ध भित्र पठाउँदा भाइरस नियन्त्रण गर्न प्रभावकारी भएको हो । सासबाट फोक्सोमा विषाणु जति छिटो पुग्छ, लसुनको गन्ध पनि त्योभन्दा छिटो पुग्छ र आपसमा प्रतिक्रिया भई तुरुन्त नियन्त्रण हुन्छ ।

शरीरको अंगभित्र पसेका विषाणुलाई तिनीहरूकै प्रतिरोधी क्षमता भएको तर मानिसको शरीरलाई बानी परेको गन्ध छिटोभन्दा छिटो सम्पर्क गराई नाश गर्नुपर्छ । यसका लागि प्याज, लसुन, अदुवा, बेसार, चन्दन, धुप आदि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्