नगरवासीको स्वास्थ्यप्रति हलेसी तुवाचुङ नगरपालिका चौबीसै घन्टा ‘अलर्ट’



दुर्छिम (खोटाङ) । विश्वव्यापी कोरोना महामारीबाट बच्न र बचाउन बसेको हलेसी तुवाचुङ नगरपालिकाको आपतकालीन बैठकले कोभिड–१९ सम्बन्धी सचेतना जगाउन गठित नगरस्तरीय समन्वय समितिमा नगरस्तरीय राजनीतिक दलसम्बद्ध प्रमुखलाई समेटिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई संयोजक र नगर उपप्रमुख बिमला राई सहसंयोजक रहेको नगरस्तरीय समितिले संघीय सरकारद्वारा घोषित ‘लकडाउन’ पूर्ण रूपमा पालना गर्ने र गत चैत १ गतेदेखि विदेशबाट घर फर्केकाको खोजी तथा लगत संकलन गर्ने निर्णय गरेको हो । बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाद्वारा अहिलेसम्म सञ्चालित क्रियाकलापलाई अनुमोदन गरेको हो ।

नगरवासीलाई कोभिड–१९ बाट बच्न र बचाउन नगरपालिकाभरिमा ४५ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् । त्यसमध्ये हलेसीमा रहेको होटल जाम्बाला ११, हलेसी स्वास्थ्यचौकी ५, दुर्छिम स्वास्थ्यचौकी ४, राजापानी स्वास्थ्यचौकी ५ र अन्य वडामा २/२ शय्याको क्वारेन्टाइन स्थापना गरी सम्पूर्ण स्वास्थ्यचौकीमा हेल्थ डेक्ससमेत स्थापना गरिएका छन् । स्वास्थ्य संस्थाका लागि आवश्यकीय औषधिसमेत खरिद गरिएको छ ।

निर्मित क्वारेन्टाइन अपुग भएमा पुनः थप्नुका साथै नियमित सञ्चालनका लागि नगरप्रमुख इवन राईले निर्देशन दिएका छन् ।

‘प्रत्येक वडा र टोल–टोलमा पुगी सुरक्षाकर्मीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनाका लागि ‘माइकिङ’ गर्नुपर्नेछ,’ नगरप्रमुख राईले भने, ‘अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनका लागि पूर्ण रूपमा रोक लगाइएको छ ।’
‘कोभिड–१९ रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्य संस्थासम्बद्ध कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ,’ नगर उपप्रमुख बिमला राईले जानकारी गराइन्, ‘यसका साथै नगरपालिकाबाट खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समेत भत्ता उपलब्ध गराइनेछ ।’

आपतकालीन बैठकले गत चैत १ गतेदेखि विदेशबाट फर्केका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न र शंकास्पद व्यक्तिको पहिचान गरी प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को रोकथाम तथा अन्य गतिविधि तीव्र बनाउन वडास्तरीय समितिसमेत गठन भइसकेको छ । वडास्तरीय समिति संयोजक सम्बन्धित वडाध्यक्ष अनिवार्य रहनुका साथै वडास्तरीय राजनीतिक दलसम्बद्ध नेता र सुरक्षाकर्मीसमेत अनिवार्य थप्न बैठकले निर्णय गरेको थियो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित नगरस्तरीय समन्वय समिति

संयोजक  : नगरप्रमुख इवन राई

सहसंयोजक  : नगर उपप्रमुख बिमला राई

सदस्य  : ११ वटै वडाका वडाध्यक्ष

सदस्य  : कार्यपालिका सदस्य सबै

सदस्य  : स्वास्थ्य संस्था प्रमुख सबै

सदस्य  : नेकपा नगर अध्यक्ष, सुरेन्द्रकुमार राई

सदस्य  : नेपाली काँग्रेस नगर सभापति, चक्रबहादुर राई

सदस्य  : समाजवादी पार्टी नगर अध्यक्ष मविन्द्र राई

सदस्य  : इलाका प्रहरी चौकी हलेसी प्रमुख

सदस्य  : रेडक्रस प्रतिनिधि, भद्रबहादुर वस्नेत

सदस्य सचिव : स्वास्थ्य संयोजक रामकुमार भगत

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विस्तारित नगरस्तरीय समन्वय समिति

संयोजक  : नगरप्रमुख इवन राई

सहसंयोजक : नगर उपप्रमुख बिमला राई

सदस्य  : इप्रका हलेसी अनि रुद्र भुजेल

सदस्य  :  नेकपा पार्टी प्रतिनिधि, खडेन्द्र राई

सदस्य  :  नेकाँ पार्टी प्रतिनिधि, चक्रबहादुर राई

सदस्य  :  समाजवादी पार्टी प्रतिनिधि, मविन्द्र राई

सदस्य  :  राप्रपा पार्टी प्रतिनिधि

सदस्य  :  रेडक्रस प्रतिनिधि भद्रबहादुर बस्नेत

सदस्य  :  प्र.प्र.अ. रविकिरण आचार्य

सदस्य सचिव : रामकुमार भगत

प्रतिक्रिया दिनुहोस्