‘वाउ’ ! वाबु



किरात राई समुदायको शुभकार्यमा वाबु (चिन्डो) नचाहिहुँदैन । चिन्डोविनाको शुभकार्य अधुरो मानिन्छ । वंश छुट्दासमेत उनीहरूले मूलघरबाट चिन्डो लैजाने गर्छन् ।

चिन्डो विभिन्नप्रकारका हुन्छन् । जसलाई आकार–प्रकारअनुसार प्रयोगमा ल्याइन्छ । भुँडी फुकेको र घाँटी सुरिलो भएको चिन्डो विशिष्ट मानिन्छ । त्यस्ता चिन्डो नछुङ (धामी) ले पितृकार्यमा प्रयोग गर्छन् । त्यसलाई केरा र काउलीको पातले बेरिन्छ भने काठको भाँडा वा अदुवा–चामलमाथि राखिन्छ ।

पितृकार्यमा प्रयोग गरिने चिन्डोमा चोखो जाँडपानी वा कोदो र मर्चाको पानीले भरी वैशाखे पूर्णिमा (उँभौली) मा केरा र मंसिरे पूर्णिमा (उँधौली) मा भर्लाको पातले मुखमा सिँगारिन्छ । चिन्डोविना किरातीको पितृकार्य असम्भव छ । त्यस्ता चिन्डो नयाँ चुलो स्थापना र पितृकार्य गर्दा प्रयोगमा ल्याइन्छ ।

भुँडी फुकेको चिन्डो जाँडपानी र कोसेलीपात बोक्न प्रयोग गरिन्छ । सामान्यखालका चिन्डो कोसेलीपात बोक्न शुभ मानिन्छ । चिन्डोमा पेयपदार्थ राख्दा स्वस्थकर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्