तिमी एक्लो छैनौ प्रिय म छु तिमीभित्र



तिमी एक्लो छैनौ प्रिय म छु तिमीभित्र
सम्झमात्र केवल मलाई म हुनेछु मित्र

तिम्रै याद बटुलेर लेख्दै छु यो गीत
जहाँ जाउँ जता जाउँ हुन्छु तिमीसित
युगौंयुग नमर्ने यो, अमर हाम्रो प्रित
नथाक्ने यो जिन्दगीमा हुन्छ हाम्रै जित

तिमीलाई नै सम्झिएर सकेको छु बाँच्न
तिम्रै माया महसुस गर्दै जानेको छु हाँस्न
खुसीहरू बटुलेर सिक्दै छु म साँच्न
जिन्दगीमा कुनै दिन पाइन्छ कि नाच्न ।

 

प्रतिक्रिया दिनुहोस्