म पनि यही सहरमा छु



म पनि यही सहरमा छु
हजुरजस्तै हुने रहरमा छु ।

आउनु भा हो खाली खुट्टा
सुनकै जुत्ता लाउनुभयो ।
हजुर यस्तो हुनलाई–
कसको आशिष पाउनु भयो ?
म पनि यही सहरमा छु ।

झुपडीको गीत गाउँदै–
दरबारभित्र पस्नुभयो ।
बाहिर फिर्ने बाटो भुली
सिंहासन मै बस्नुभयो !
म पनि यही सहरमा छु ।

प्रतिक्रिया दिनुहोस्