झापामा कुखुराको दूध तथा दही



‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने नेपाली उखान प्रचलित छ । बोल्नेको पीठो बिक्छ भनेर मेचीनगर–६ बर्मेली टोल झापामा रहेको ‘हड्डी कसम फ्रेस हाउस’ले गरेको विज्ञापनले चरितार्थ गरेको छ ।

फ्रेसहाउसको नामै हड्डी कसम । पृथक नाम भएको फ्रेसहाउसले कुखुराको मासु, अण्डा, दूध र दही पाइन्छ भनेर विज्ञापनसहितको बोर्ड टाँसेको छ । संसारमा कहीं पनि नपाइने कुखुराको दूध र दही खान इच्छुकले ‘हड्डी कसम फ्रेस हाउस’ पुगेर स्वाद लिन सक्नेछन् ।

‘हड्डी कसम फ्रेस हाउस’ले गरेको विज्ञापनसहितको फोटो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै साहित्यकार कृसु क्षेत्रीले लेखेका छन्, ‘झापामाबाहेक कहाँ खाइन्छ हड्डी कसम ? कुखुराको दूध र दही अन्यत्र कता पाइन्छ ? खै त स्याङ्जातिर ?’

 

प्रतिक्रिया दिनुहोस्