रक्सीजस्तो कफी



विद्यालय होस् या कलेजका विद्यार्थीले ‘एक्सपेरिमेन्ट विथ टी एन्ड कफी’ शीर्षाकृत कथा पढेकै हुनुपर्छ । चिया र कफी खान हुन्छ कि हुँदैन भनेर परीक्षण गर्दा नियमित खानेहरू चिया र कफी नखानेभन्दा धेरै बाँचेका थिए भन्ने कथाको सारांश थियो ।

हिजोआज पनि संसारकै मानिसले चिया र कफी खाने गर्छन् । सम्भवतः संसारका सबैभन्दा धेरै मानिसले चिया र कफी खाने गर्छन् । हिजोआज थरीथरी स्वादमा कफी उपलब्ध छन् ।

केही समयअघि पोर्चुगाली र स्पेनिस अनुसन्धानकर्ताले रक्सीजस्तो कफी उत्पादन गर्न सकिने बताएका थिए । ‘फुड साइन्स एन्ड टेक्नोलजी’ जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा रक्सीजस्तो स्वादमा कफी उत्पादन गर्न सकिने बताइएको छ । उनीहरूले कफीलाई भुट्ने अनि धुलो कफीलाई ४५ मिनेट तातोपानीमा उमाल्ने, त्यसपछि जुन रस तयार हुन्छ त्यसलाई छान्ने अनि चिनी र रक्सी बनाउने प्रयोग हुने एकखालको झ्याउ (यिस्ट) थप्ने हो भने रक्सीको स्वादमा कफी तयार हुन्छ ।

रक्सीको स्वादमा कफी तयार पार्न थप केही कामसमेत गर्नुपर्ने हुन्छ । यति गरियो भने कफीको स्वाद टेक्विला र भोड्काजस्तो हुन्छ । यसको स्वाद जिब्रोमै झुन्डिनेखालको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्