राईले मगरलाई सुमो चढाएर सोलु पुर्याउँदा हल्लाखल्ला



काठमाडौं । गायक नेत्र राईले गायिका तारा श्रीष मगरलाई सुमो चढाएर सोलुखुम्बु पुर्याएका छन् । गायक राईले गीतमार्फत गायिका मगरलाई सुमो चढाएर सोलुखुम्बु पुर्याएका हुन् ।

गायक तथा संगीतकार दिपेश चाम्लिङ राई र सुनील दिप्त राईले लेखेको ‘सुमो चढेर’ शीर्षाकृत गीतको भाव समातेर गायक नेत्र राई र गायिका तारा श्रीष मगरले गाएका छन् । गीत त्यत्तिकै श्रवणीय रहेको छ ।

गायक कृष्णभक्त राईले संगीत संयोजन गरेको ‘सुमो चढेर’ गीतको संगीत दिपेश चाम्लिङ राईले भरेका हुन् । छोटो समयमा १ सय ५० भन्दा बढी गीतमा काम गरिसकेका गायक तथा संगीतकार राईको सफलता हिमालसरी अग्लिँदो छ ।

सुरेश राई र मनोज साङसोङले स्टुडियो किङमा रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

हालै सार्वजनिक ‘सुमो चढेर’ शीर्षाकृत गीतको म्युजिक भिडियोको छायांकन र सम्पादन गंगाराम राईले गरेका हुन् । म्युजिक भिडियोमा पश्चिमकी गायिका तारा श्रीष मगर सुमो चढेर पूर्वेली गायक नेत्र राईसँग सोलुखुम्बु पुग्दा त्यत्तिकै उज्यालो देखिएकी छन् ।

म्युजिक भिडियो हेरेर मनोरञ्जन लिन यहाँ क्लिक गर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्