दुर्छिम (खोटाङ) । गीतकार रामकुमार राईको ‘जनमै लिएँ’ शीर्षाकृत म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतकार राईको ‘जनमै लिएँ’ शीर्षाकृत म्युजिक भिडियो हम्बु क्रियसनबाट सार्वजनिक गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, कोभ्रे खोटाङमा रहेको श्री पञ्चकन्या आधारभूत विद्यालयमा अध्यापनरत उनले संवत् २०४९ को दीपावलीमा लेखेको गीतको म्युजिक भिडियो भने केही समयअघि निर्माण गरिएको हो । संगीतकारसमेत रहेका उनले छोरीचेलीको पीडा–व्यथा र वास्तविकता दृष्टिगत गर्दै लेखेको गीतको म्युजिक भिडियोमा कारुणिकता पोखिएको छ ।
माइतीघर छाडेर पराईघर जानुपर्ने बाध्यतालाई म्युजिक भिडियोको केन्द्रमा राखिएको छ । तिहारमा भेटिएका माइती–चेलीबीचको हार्दिकता, माइतीघरमा रहँदाको सुख–दुःखसमेत मिहिन तरिकाले उजागर गरिएको छ । म्युजिक भिडियोमा समेटिएको गीतमा चेलीको विरह र वेदनाले प्रशस्तै ठाउँ पाएको छ ।
म्युजिक भिडियोमा समेटिएको गीतको संगीत गीतकार स्वयम्ले भरेका हुन् भने मेलिना राईले आवाज दिएकी छन् ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।