२१ तस्बिरमा वरिष्ठ गायक बमबहादुर कार्की


वरिष्ठ गायक बमबहादुर कार्कीको आवाज सुन्न थालिएको ३९ वर्ष भइसक्यो । वरिष्ठ गायक कार्कीले संवत् २०३९ बाट गीत गाउन थालेका हुन् ।

घमिर गाउँपालिका–७ गुल्मीनिवासी उनको ८२ वटा गीतिएल्बम सार्वजनिक भइसकेको छ । ८२ गीतिएल्बम समेटिएका गीतमध्ये उनले स्वर्गीय जननेता मदन भण्डारीको सडक दुर्घटनामा निधन भएपछि ‘दास ढुंगा’ नाम क्यासेट सर्वाधिक बिक्री भएको उनले बताए ।

निजामती कर्मचारीसमेत रहेका उनले रेडियो नेपालको विभिन्न कार्यक्रममा २९ वर्ष काम गरेका थिए । पूर्वउपसचिव उनको बीबीसी नेपाली सेवामा समाचार प्रसारकका रूपमासमेत काम गरेको अनुभव छ ।

 

 

प्रतिक्रिया दिनुहोस्