प्रधानमन्त्री भए ६ महिनामै कोरोनामुक्त देश बनाउने संगीतकार राईको उद्घोष


खोटाङ । संगीतकार शान्तिराम राईले आफू प्रधानमन्त्री भए ६ महिनामै देशलाई कोरोनामुक्त बनाउने दाबी गरेका छन् ।

प्राज्ञ राईले आफूलाई प्रधानमन्त्री बनाए प्रतिपरिवारलाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आफू प्रधानमन्त्री भए १५ बुँदे काम पूरा गरेर आठौं महिनामा राजीनामा दिने उद्घोष गरेका छन् ।

गायक, लेखक तथा संगीतकार राई आफूले गर्ने कामको १५ बुँदा यस्तो छ ।

१. ६ महिनाको कार्ययोजना बनाउनेछु ।

२. ६ महिना पूर्ण लकडाउन लगाउनेछु ।

३. ६ महिनाको विकास बजेट कोरोना कोषमा लगाउनेछु ।

४. यो अवधिमा राष्ट«सेवकको २० प्रतिशत तलब कोरोना कोषमा पठाउनेछु ।

५. उद्योगी, व्यापारी तथा इच्छुकलाई कोषमा पैसा जम्मा गर्न स्वघोषणा गर्न लगाउनेछु ।

६. कालोधन ६० प्रतिशत कोषमा लगाउनेको बाँकी सम्पत्ति सेतो धनमा परिणत गरिदिनेछु ।

७. देश तथा विदेशीलाई सहयोगको अनुरोध गर्नेछु ।

८. कोषमा सय खर्ब डलर जम्मा गर्नेछु ।

९. डाक्टर र नर्सका लागि ६ महिनाका लागी जीवन बीमा र तलबबराबरको तेब्बर रकम प्रतिमहिना भत्ता दिनेछु ।

१०. हरेक नागरिकलाई वडामार्फत ६ महिना दाल, चामल, तरकारी र आवश्यक खानेकुराको निःशुल्क व्यवस्था गराउनेछु ।

११. ६ महिना कर मिनाहा, बैंकको ब्याज मिनाहा, घरबहाल मिनाहा गर्नेछु ।

१२. अस्पतालको सम्पूर्ण खर्च मिनाहा, औषधि निःशुल्क गर्नेछु ।

१३. प्रतिपरिवारलाई मासिक ५० हजार नगद उपलब्ध गराउनेछु ।

१४. ६ महिनापछि कोरोनामुक्त देश घोषणा गर्दै सबैलाई आ–आफ्नो काममा फर्कन आह्वान गर्नेछु ।

१५. ८ महिनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु ।

प्रतिक्रिया दिनुहोस्