अश्लील चलचित्र बाहिरिएपछि नायिका गिरफ्तार, नायकद्वारा आत्महत्या


अर्चना पनेरू

नेपाली नै संलग्न भएका अश्लील चलचित्र (ब्लु फिल्म) नेपालमा धेरै बनेका छैनन् । सानो ठाउँ भएकाले खराब कुराको चर्चा भइहाल्ने र छरछिमेकले समेत थाहा पाउने मात्र होइन, रातभरमै लाखौं प्रति उत्पादन हुन सक्ने, व्यक्तिको गोपनीयता भंग हुने भएकाले नेपालमा अश्लील चलचित्र बनेका छैनन् ।

तर, त्यस्ता केही चलचित्र नेपालमा देखापर्न थालेका छन् । त्यस्ता चलचित्र प्रायः चलचित्रका पात्रले नै छायांकन गरेका र ह्यान्डी क्यामेरा प्रयोग गरेको पाइएका छन् । कतिपयले आफ्नै यौनसाथीसितको सहबासका बेला त्यस्ता दृश्य मुभीक्यामेरामा कैद गरेका छन् भने कतिपयले व्यावसायिक दृष्टिकोण राखेरै योजनाबद्ध रूपमा त्यस्ता चलचित्र बनाएका छन् ।

पहिलो नेपाली अश्लील चलचित्र

संवत् २०४७ मा पहिलोपटक पूर्वी नेपालको चर्चित सहर धरानमा “चाँदनी” नामक अश्लील चलचित्र फेला पर्यो । उक्त चलचित्र धरान नगरपालिका–१४ स्थित विजयपुरमा जसले अश्लील चलचित्र निर्माण गरेको थियो, उसैको घरमा परिवारका सदस्यले फेलापारेका थिए । उक्त चलचित्र सार्वजनिक भएपछि त्यसका दुई नायिका गिरफ्तार भए भने नायकले आत्महत्या गरे ।

ती नायिकामध्ये शान्ति तामाङको गर्भपतनको बेला राम्रो स्याहार नपुगेका कारण मृत्यु भयो भने अर्की दलित समुदायकी नायिका भने हाल वैवाहिक जीवनमा बाँधिएर धरानमै पारिवारिक जीवन बिताइरहेकी छन् ।

उक्त चलचित्र सार्वजनिक भएपछि त्यसका निर्माता तथा नायक सुवर्ण भुजेलले आफ्नै निवासमा पासो लगाएर आत्महत्या गरे । उनी चलचित्र सार्वजनिक भएदेखि नै फरार थिए । सो चलचित्र छायांकनका लागि प्रयोग भएको मुभिक्यामेरा भाडामा दिने धरानकै पलिखे रेडियो मर्मत केन्द्रका मालिकलाई समेत गिरफ्तार गरिएको थियो । उक्त चलचित्रमा धरानकै सेउतीखोलाकिनारामा नायकनायिकाबीच यौन क्रियाकलाप गरिएको दृश्य खिचिएको छ ।

होटल हनिमुन र रूपा रानाको प्रसंग

०५२ मा “होटल हनिमुन” नामको अश्लील नेपाली चलचित्र प्रहरीले काठमाडौंमा फेला पार्यो । तर, उक्त चलचित्रको नायक युरोपेली व्यक्ति थिए भने नायिका भने काठमाडौंनिवासी युवती भएको उक्त चलचित्र हेर्नेको भनाइ छ ।

प्रहरीले त्यसबेला नै उक्त चलचित्रको रिल जफत गरी सीमित संवाददातालाई देखाएका थिए । उक्त चलचित्र काठमाडौंकै कुनै तारेहोटलमा खिचिएको हो । कलिलो उमेरकी ती महिला काठमाडौंकै स्थायी बासिन्दा भएको र उनीसित यौनसम्पर्क राख्ने विदेशी भने पर्यटक हुन् भन्ने प्रहरीको ठहर छ । यौनसम्पर्कको बेला नायकले लगाएको लकेटका कारण उनी क्रिश्चियन भएको अनुमान गर्न सकिन्छ ।

केही संवादसमेत रहेको उक्त चलचित्रमा नायिकालाई हिन्दीमा बोल्न लगाइएको छ । नायिकाले हिन्दी भाषामा बोलेको भए पनि त्यसको लवज पूर्ण रूपमा नेपाली भएको सहजै अनुमान गर्न सकिन्छ । यथाशक्य नायिकालाई नेपाली होइन भन्ने भाव देखाउन उनलाई हिन्दीमा बोल्न लगाइएको हुन सक्ने अनुमान त्यसबेला प्रहरीले गरेको थियो ।

यसैगरी, नेपालबाट जापान गएकी नेपाली चलचित्रका नायिका रूपा रानाले पनि अश्लील चलचित्र खेलेकी र जापानमा उक्त चलचित्रको मागसमेत बढी भएको चर्चा अहिले पनि सेलाएको छैन । तर, हालसम्म नेपालमा भने उक्त चलचित्र फेलापरेको छैन भने रानाले यस्तो चर्चाप्रति कुनै प्रतिक्रियासमेत व्यक्त गरेकी छैनन् ।

प्रकाश ओझा काण्ड

हास्यकलाकार तथा गायक प्रकाश ओझाको काण्ड धेरै पुरानो होइन । एउटा गायकको नाताले प्रख्याति कमाइरहेका र एक चलचित्रमा नायकको भूमिकामा समेत अभिनयका लागि अनुबन्धित भइसकेका प्रकाश ओझा ०६१ मा गिरफ्तार भए । उनलाई कलाकार बनाइदिने लोभ तथा फोटोसेसन गर्ने बहानामा दुई किशोरीलाई यौनशोषण गरेको र यौनसम्पर्कको दृश्य खिचेर बिक्री गर्न लागेको अभियोग लगाइएको थियो । उनले खिचेर बाहिर ल्याउन लागिएको भनिएको अश्लील दृश्य भने कुनै व्यावसायिक क्यामेराले कैद गरेको देखिँदैन । डिजिटल स्टिल क्यामेरामा उपलब्ध हुने छोटो अवधिको मुभी खिच्ने सुविधा प्रयोग गर्दै खिचेको देखिएको छ । जम्मा १३ दृश्यको क्लिप रहेको छ भने हरेक दृश्य १४ सेकेन्डको रहेको छ ।

नायिका नुहाएको दृश्यबाट सुरु उक्त दृश्यहरूमा नायकले बाथरुममै यौनसम्पर्क गरेको, मुख मैथुन गरेको दृश्य पनि रहेको छ भने नायिकाको अनुहार नग्न शरीर देखिए पनि नायकको अनुहार भने देखाइएको छैन । उक्त दृश्य हेर्दा नायिकालाई तयारी अवस्थामा राखेर क्यामेरा ठीक पारी नायक यौनसम्पर्क तथा नायिकालाई मुख मैथुन गराउन पुगेको देखिन्छ ।

उक्त चलचित्र आफूले नबनाएको, चलचित्रमा देखिएको व्यक्ति आफू नभएको तथा आफूले यौनशोषण नगरेको दाबी प्रकाश ओझाले गरेका छन् । उनले दी काठमाण्डु पोस्ट दैनिकलाई दिएको अन्तर्वार्तामा उक्त चलचित्रमा आफ्नो टाउको कम्प्युटरको सहयोगले जोडिएको र शरीर आफ्नो नभएको दाबीसमेत गरेका छन् । ओझाले अदालती फैसलाबाट सफाइसमेत पाइसकेका छन् ।

प्रकाशको गीत र यौनको दृश्य

तराई जिल्लाको एक सहरमा छायांकन गरिएको अर्काे एक अश्लील चलचित्र पनि बजारमा देखिएको छ । नेपाली अश्लील चलचित्र भनी अति गोप्य ढंगले वितरण गरिएको उक्त चलचित्र धमिलो प्रकाशमा खिचिएका कारण श्यामश्वेत रंगमा देखिन्छ भने यौनसम्पर्कको दृश्यसँगै चलचित्रको अवधिभरि प्रकाश ओझाका सबै गीत रेकर्ड गरिएको छ ।

एक होटलको कोठाभित्र छायांकन गरिएको उक्त चलचित्रमा नायिका बाथरूममा नुहाएको, बेडमा यौनसम्पर्क गरेको तथा यौनसम्पर्कअघिका क्रिडासमेत समेटिएको छ । उक्त चलचित्र विराटनगरस्थित एक सुविधासम्पन्न होटलमा सुटिङ गरिएको अनुमान गरिएको छ । करिब ४० मिनेटको उक्त चलचित्रको अन्तिम दृश्यमा झ्यालबाहिरको दृश्य देखाइएको र सो दृश्यले उक्त होटल तराईमा रहेको पुष्टि हुन्छ ।

खतरनाक चलचित्र र पारिवारिक विखण्डन

लन्डनको एक होटलको कोठामा छायांकन गरिएको एक लाहुरेको अश्लील चलचित्रले खतरनाक भनिने पश्चिमी पात्रको अश्लील चलचित्रलाई समेत छायाँमा पारेको छ । धरानबाट सार्वजनिक उक्त चलचित्रले त्यतिबेला तहल्का मच्चाएको थियो । अधिकांशसित उक्त चलचित्रको सिडी रहेको छ भने झुक्किएर चलचित्रका पात्रहरूका परिवारका सदस्यहरू समेतले सो चलचित्र हेरेका र नायिकाको बाबुले समेत चलचित्र हेरेको र छोरीको यस्तो क्रियाकलाप देखेर उनले आत्महत्याको समेत प्रयास गरेका थिए ।

स्रोतका अनुसार उक्त चलचित्रको नायक धराननिवासी हुन् भने नायिका झापानिवासी । उक्त चलचित्रका नायक ब्रिटिस गोर्खा सैनिक हुन् भने नायिका लन्डनमा कार्यरत ब्रिटिस गोर्खा सैनिक सेवामा कार्यरत लाहुरेकै श्रीमती हुन् । तर, चलचित्र हेर्नेले दुवैलाई श्रीमान्श्रीमती हुन् भन्ठानेका छन् ।

एक लाहुरेले दिएको जानकारीअनुसार उक्त चलचित्रका नायिकाका श्रीमान् शान्ति स्थापनाका लागि लन्डनबाट अफगनिस्तान गएको बेला उक्त चलचित्र लन्डनको एउटा होटलको कोठामा छायांकन गरिएको हो । नायक र नायिकाको सहमतिअनुसार नै छायांकन भएको उक्त चलचित्र कुनै व्यावसायिक प्रयोजनका लागि नभई आफूहरूबीचको यौनसम्पर्कको दृश्य आफैं हेरेर मनोरञ्जन गर्न छायांकन गरिएको स्रोतले बताएको छ ।

४८ मिनेट लामो उक्त चलचित्रमा विभिन्न आसनको यौन क्रियाकलाप, प्राकक्रिडा तथा नुहाएको दृश्यमात्र नभई नायकनायिकाबीचको अश्लील संवादसमेत समेटिएको छ ।

उनीहरू दुवैलाई चिन्ने एक लाहुरेले दिएको जानकारीअनुसार चलचित्रकी नायिका र उनको श्रीमान्बीच सुमधुर सम्बन्ध थियो भने नायिका प्रायः नाइट क्लब र डिस्कोमा गइरहन्थिन् । सोहीक्रममा उनको धेरै विदेशी व्यक्तिसित समेत यौनसम्पर्क रहेको थियो । उक्त चलचित्र नायिकाको श्रीमान्समेतले देखेपछि दुवैबीच सम्बन्धविच्छेद भएको हो । नेपालमा सम्बन्धविच्छेद भए पनि तत्काल लन्डन पुगेकी नायिकालाई पुनः बेलायत सरकारले नेपाल फर्काइदिएको थियो ।

दुवैको राजीखुसीमा क्यामेरालाई अटोमेटिकमा राखी चलचित्र छायांकन गरिएको भए पनि चलचित्र नेपालमा सार्वजनिक भएको हो । नायकले नेपाल आउँदा क्यामेरामै रहेको रिललाई ल्यापटप कम्प्युटरमा सुरक्षित रूपले सार्न एक व्यक्तिलाई दिँदा उनीमार्फत सो चलचित्र बाहिर आएको बताइन्छ । क्रमैसँग उक्त चलचित्र धरानलगायत वरपर छ्याप्छ्याप्ती बिक्री वितरण हुन थालेपछि प्रहरीले छापा मार्दै चलचित्र जफत गर्ने कामसमेत गरेको थियो ।

चार केटीको चर्तिकला

यसैगरी, त्रिशूली नदीमा छायांकन गरिएको एक अश्लील नेपाली चलचित्र पनि फेलापरेको छ । चलचित्र हेर्दा मनोरञ्जनका लागि नभई व्यावसायिक प्रयोजनका लागि चलचित्र निर्माण गरिएको अनुमान गर्न सकिन्छ । करिब ४० मिनेट लामो उक्त चलचित्रको दृश्य हेर्दा टेन्ट गाडिएको र क्याम्पिङमा गएको बेला त्यहाँ केही दिन बिताएर चलचित्र छायांकन गरिएको अनुमान गरिएको हो ।

चलचित्रमा संलग्न चार केटीलाई हेर्दा उनीहरू यौन व्यवसायी हुन सक्ने अनुमान गर्न सकिन्छ । चलचित्रको सुरुको दृश्यमा चारजना केटी कोही पूर्ण रूपमा नग्न र कोही अर्धनग्न अवस्थामा त्रिशूली नदीमा पौडी खेल्छन् । कोही भने पौडी खेल्न नजान्ने भएकाले टायरको सहयोग लिएर पानीमा तैरिएको दृश्य देखिन्छ ।

अर्चना पनेरू

यसरी नग्न अवस्थामा पौडी खेलिरहेको बेला चारजना युवकले उनीहरूलाई चियाइरहेका हुन्छन् र उनीहरूसामु गएर जिस्क्याउन थाल्छन् । त्यसपछि यौनका लागि सहमति भएपछि जोडीजोडीमा विभाजित भएर आधुनिक शैलीमा यौनसम्पर्क गरेको दृश्य समेटिएको छ ।
त्रिशूलीकिनारामा पनि कसैले थाहा नपाउने एकान्त जंगलमा चलचित्र छायांकन गरिएको छ । छायांकनका लागि छुट्टै क्यामेराम्यानले विभिन्न आसनका यौन दृश्य कैद गरेका कारण उक्त चलचित्र व्यावसायिक प्रयोजनकै लागि निर्माण गरिएको दाबी गर्न सकिन्छ ।

के गर्दै छन् पात्रहरू ?

अश्लील चलचित्र, त्यसमा पनि नेपाली पात्रलाई समेटेर तयार पारिएको । स्वाभाविक रूपमा यस्ता चलचित्र र चलचित्रका पात्रबारे चासो बढ्ने गर्छ । यो पंक्तिकारले केही खोजपछि ती पात्रको अहिलेको अवस्थाबारे केही सूचनाहरू संकलन गरेको छ ।
चलचित्रका पात्रमध्ये सबैभन्दा पहिले धरानमा निर्माण भएको चलचित्र चाँदनीका नायकले आत्महत्या गरेका र एक नायिका शान्ति तामाङको मृत्यु भइसकेको छ । यसैगरी, अर्की दलित समुदायकी नायिका भने घरजम गरी बसेकी छन् । पहिले धरानकै चतरालाइनमा आफ्नो पतिसाथ डेरा गरी बस्ने उनी हाल पुरानो धरान अस्पतालको भवनमा अन्य सुकुम्बासीसरह आफ्नो श्रीमान् र बहिनीसाथ बस्दै आएकी छन् । उनको श्रीमान् धरानकै एक सिनेमाहलमा काम गर्छन् भने बहिनी उनीसित बस्नेक्रममा आफ्नै भिनाजुसित विवाह गरेकी हुन् ।

यसैगरी, लन्डनमा छायांकन गरिएको अर्काे चलचित्रका नायिकाको श्रीमान्सित सम्बन्धविच्छेद भइसकेको छ । उनी हाल काठमाडौंमै देह व्यापारीका रूपमा रहने गरेकी र उनी प्रायः ठमेलका डिस्कोमा फेलापर्ने गरेकी छन् भने लन्डनमै रहेका र चलचित्र सार्वजनिक भएपछिको बेइज्जती सामना गर्न नसकेर प्रायः कसैसित सम्पर्क नगर्ने र एकान्तमा बसेर गर्न सकिने काम मिलाएको एक लाहुरेले बताए । उनी छुट्टीमा घरमा आउँदा पनि धरान नजाने र काठमाडौंमै रहेर लन्डन फर्कने गरेको उनीबारे जानकार एक व्यक्तिले बताएका छन् ।

त्रिशूली नदीकिनारामा छायांकन गरिएको चलचित्रका चार नायिकामध्ये एकजना भने रहरका कारण चलचित्र खेल्न गएकी र उनी काठमाडौंकै धनी बाबुआमाकी छोरी भएको थाहा भएको छ । आफ्नी छोरीले अश्लील चलचित्रमा खेलेको थाहा पाएपछि उनका बाबुआमाले उनको केटा खोजेर विवाह गरिदिएका र विवाहको बेला काठमाडौंकै एउटा घरसमेत दाइजो दिएको एक जानकार स्रोतले बतायो । स्रोतका अनुसार उनी हाल स्टेसनरी पसल सञ्चालन गरी बसेकी छन् ।

यता, प्रकाश ओझा काण्डमा मुछिएका दुई युवती भने आफ्नै घरमा रहेका र प्रायः सार्वजनिक नहुने गरेको पनि थाहा भएको छ भने “होटल हनिमुन” मा देखापरेकी महिलाको पनि हाल विवाह भइसकेको र उनी घरजम गरी बसेकी छन् ।

अर्चना पनेरुको चुनौती

पछिल्लो समय सबैलाई माथ गर्दै अर्चना पनेरू अनुहारिएकी छन् । पनेरूले खुलमखुला आफूले अश्लील चलचित्रमा अभिनय गरेको बताउँदै आएकी छन् । उनलाई उनकै आमाले सघाउँदै आएकी छन् । उनले बिहेपछि श्रीमान्लाई समेत अश्लील फिल्ममा अभिनय गराउने बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्