धेरै सुत्ने तनावमुक्त हुन्छन् भन्नु गलत



सन्तुलित निद्रा स्वस्थ मानिसका लागि अति आवश्यक हुन्छ । तर, हामी निद्राबारे आफ्नै धारणा बनाउँछौं । ती धारणामा वैज्ञानिक आधार भेटिँदैनन् । निद्राबारे भनाइले हाम्रो मानव स्वास्थ्य नै प्रभावित भइरहेको हुन्छ ।

धारणा–१

आठ घन्टा सुत्नु जरुरी

स्वस्थ मानिसका लागि आठ घन्टा सुत्न आवश्यक नरहने मनोचिकित्सकको भनाइ छ । सम्बन्धित मानिसअनुसार फरक–फरक ६ देखि ९ घन्टासम्म सुते पुग्छ ।

धारणा–२

जति सुत्यो, उति तनावमुक्त

धेरै सुत्ने मानिस तनावमुक्त हुन्छन् भन्ने भनाइ बिल्कुल गलत हो । धेरै सुत्नु भनेको मानिसमा केही न केही समस्या छ भन्ने संकेत हो ।

धारणा–३

एक साताको थकान एकै दिन पूरा

तपाईं साताभरि काम गर्नुहुन्छ तर बिदाका दिन ढिलासम्म सुत्नुहुन्छ भने तपार्इंको स्वास्थ्यका लागि खतराको घन्टी हुन सक्छ । मनोचिकित्सक भन्छन्, ‘हिजोआज जीवनशैलीमा एक दिनमा साताभरिको थकान र निद्रा पूरा गर्न सकिँदैन ।’

धारणा–४

दिउँसो कफी पिउनेसँग रातको निद्राको सम्बन्ध

दिउँसो कफी पिउँदा राति निद्रा राम्रो पर्छ भनेर सोच्नुभएको छ भने त्यो गलत हो । चिकित्सकको भनाइ छ, ‘कफीको कण कफी पिउनेको शरीरमा १२ घन्टा रहन्छ । त्यसकारण यसको असर शरीरमा रहन्छ ।’

धारणा–५

घुर्नु राम्रो संकेत

निदाउँदा घुर्नु राम्रो संकेत होइन । घुर्ने मानिसको नाकमा केही समस्या भएका कारण उसको मस्तिष्कमा अक्सिजन पूरै जान पाउँदैन । अक्सिजन अभावले निदाउँदा कोही घुर्ने गर्छन् ।

धारणा–६

मदिरा पिउँदा गहिरो निद्रा

मदिरा पिउँदा निद्रा राम्रो पर्छ भन्ने धारणा बनाउनुभएको छ भने त्यसको असर पर्छ–पर्छ । कतिपय शोधमा मदिरा पिउँदा अनिद्रा हुने भनिएको छ ।

धारणा–७

दिनमा सुते राति निद्रा बिग्रने

दिनमा २० देखि ३० मिनेटसम्म हल्का निदाउँदा राति निद्रा बिग्रँदैन । हल्का सुत्नाले थकान मेटिन्छ । रातको निद्रा आरामदायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्