सेक्सी सरिष्मा


मिस मगर २०१४ को ताज पहिरिएपछि सरिष्मा राम्जाली मगर मोडलिङमा लागिन् । म्याग्दीकी मगर कल्चरल र बेली डान्समा त्यत्तिकै जमेकी छन् । त्यसैले स्वदेश तथा विदेशमा हुने महोत्सव, सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा उनको माग ह्वात्तै बढेको छ । उनलाई निम्ता गर्ने त्यत्तिकै बढ्दै गएका छन् । नृत्यमा दम भएकै कारण उनी मोडलिङमा जमेकी हुन् । म्युजिक भिडियोमा अभिनय गर्न अनुरोध बाक्लै आउँछ । म्युजिक भिडियो, महोत्सव, सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा व्यस्त भएकैले उनको सफलता चुलिँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस्