सम्मानित सुशीला


कला र गलामात्रै होइन, रूपकी समेत धनी । गायिका सुशीला पाठकको गीत सुन्नेले प्रशंसा गरिहाल्छन् । गायिका पाठकले गाएका चार दर्जन बढी गीत श्रोता तथा दर्शकले सुनेकै छन् । म्युजिक भिडियो हेरेकै छन् । उनको कोकिल कण्ठ आवाज सुन्न मन नपराउने को होलान् र ?

दुई कक्षा पढ्दादेखि नै विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा उनी सहभागी हुन्थिन् । उनको प्रतिभा देखेर शिक्षक–शिक्षिका तीनछक पर्थे । सांस्कृतिक कार्यक्रममा नाच्ने, गाउने दुवै विधाले निरन्तरता पाउँदै गयो ।

विद्यालयदेखि क्याम्पससम्म हुने सांस्कृतिक कार्यक्रममा कहिल्यै गयल भइनन् । स्वदेशमात्र होइन, विदेशमा पनि आफ्नो कला र गलामार्फत दर्शकको माया पाएकी छन् ।

गीतिलेखन, गायन, मोडलिङ र अभिनयमा समेत अनुहारिएकी गायिका सुशीला पाठकले समाजसेवीका रूपमा समेत फराकिलो परिचय बनाउने अभिलाषा राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्