२० लाखसहित सुमी मोक्तान पहिलो ‘डान्सिङ विथ द स्टार्स नेपाल’



काठमाडौं । एक्सन लेडी नामले परिचित सुमी मोक्तानले ‘डान्सिङ विथ द स्टार्स नेपाल’को ट्रफी उचालेकी छन् । चलचित्र ‘सरौता’बाट अभिनय यात्रा थालेकी विजेता मोक्तानले २० लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाएकी छन् ।

‘मिस तामाङ’– २०१२ को ताज पहिरेकी उनले ‘मिस नेपाल’–२०१३ को उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् । उनको कोरियोग्राफर पार्टनर बिजु पार्की रहेका थिए ।

बुद्ध लामाले फस्र्ट रनरअपमा चित्त बुझाउनुपरेको थियो । पहिलो नेपाल आइडलको उपाधि उचालेका बुद्ध लामाकी कोरियोग्राफर पार्टनर केविका खत्री थिइन् ।

यसैगरी, सेकेन्डअपर प्रियाना आचार्य भएकी हुन् । आचार्यका कोरियोग्राफर पार्टनर शुभम भुजेल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्