स्थानीय कलाकारको बेजोड अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक


दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले सोल्टिनी–२ मा समेटिएको पूर्वेली लोकजुहारीको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

नगरप्रमुख राईले गायिका सुनिता थेगिम र कुवेर राई स्वरबद्ध सोल्टिनी–२ पूर्वेली लोकजुहारीको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
हालै सार्वजनिक म्युजिक भिडियोमा लेखिना राई र मिरेश राईको मुख्य अभिनय रहेको छ । एकराज बुढाथोकी निर्देशित म्युजिक भिडियोको कोरियाग्राफी लेखिना राईले गरेकी छन् । छायांकन र सम्पादन गदुल राईले गरेका हुन् ।

‘स्थानीय कलाकरका कला र गला प्रवद्र्धन गर्दै छौं,’ निर्देशक बुढाथोकीले भने, ‘उद्देश्य पूरा गर्न अदृश्य कला केन्द्रद्वारा निर्मित यो भिडियोले गाउँघरमा बसेर पनि कलाकारिता क्षेत्रमा केही सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने प्रयत्न गरेका हौं ।’

सार्वजनिक म्युजिक भिडियो tuwachungtv youtube channel मार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्