मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन–३ विजेता


मोरङकी सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ उपाधि जितेकी छन् ।

नेपाल आइडल सिजन–३ उपाधिसँग चौलागाईंले ५० लाख रुपैयाँ हात पाएकी छन् ।

यसैगरी, बर्दियाका प्रवीण बेडवाल ‘फस्र्ट रनरअप’ र महोत्तरीका किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका छन् । फस्र्ट रनरअप बेडवाल र सेकेन्ड रनरअप भुजेलले क्रमशः १० लाख र ५ लाख हात पारेका छन् ।

नेपाल आइडलका एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि सिजन–३ को विजेता अन्नपूर्ण मिडिया नेटवर्क अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका थिए ।

आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा बस्नुपर्ने भएकाले अन्नपूर्ण मिडिया नेटवर्क अध्यक्ष थापाले विजेता घोषणा गरेका हुन् ।

यसअघि बुद्ध लामा र रवि ओडले नेपाल आइडलको उपाधि उचालेका थिए ।

प्रतिक्रिया दिनुहोस्