‘मायाको चिनो’ सार्वजनिक



दुर्छिम (खोटाङ) । अदृश्य कला केन्द्रको पाँचौं प्रस्तुति ‘मायाको चिनो’ पूर्वेली लोकजुहारी तुवाचुङ टीभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी गायक कुवेर राईको ‘सोल्टिनी’को अपार सफलतापछि गायक राईकै रचना र लय संकलनमा रहेको ‘मायाको चिनो’ आइतबार सार्वजनिक भएको हो ।

कुवेर राई र रचना रिमालको आवाज रहेको ‘मायाको चिनो’ स्टुडियो किङमा रेकर्ड गरिएको हो । राजु कार्कीको मिक्सिङ रहेको गीतका रेकर्डिस्ट सुरेश राई हुन् ।

मोफसलमा रहेर पनि पूर्वेली लोकसंगीतलाई निरन्तरता दिइरहेका उनका यसअघि ‘सुनकोसीको चिसो पानी’, ‘सोल्टिनी’, ‘सोल्टिनी–२’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्