७० फिल्ममा अभिनय गरेकी मौसमी मल्ल होटल व्यवसायमा


७० चलचित्रमा अभिनय लोभलाग्दो अभिनय गरेकी नायिका मौसमी मल्ल एकताका सर्वाधिक रुचाइएकी थिइन् । चलचित्र ‘भाग्यरेखा’बाट नेपाली रजतपटमा अनुहारिएकी नायिका मल्ल पछिल्लो समय होटल व्यवसायमा रमाइरहेकी छन् ।

संवत् २०४५ मा ‘भाग्यरेखा’बाट अभिनय यात्रा थालेकी उनी आफ्नो समयका चर्चित अभिनेत्री हुन् । केही समय विदेश बसेर फर्केकी उनले आफ्नै लगानीमा चलचित्र ‘गिरफ्तार’ र ‘समय’ निर्माण गरिन् । पहिलो चलचित्रले लगानी फर्काए पनि दोस्रो आधाभन्दा बढी घाटा लगायो ।

त्यसपछि साथी सन्देशमान श्रेष्ठसँग चर्चित अभिनेत्री मौसमी मल्लले होटल व्यवसाय थालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्