अंगप्रदर्शन नै ‘ब्रान्ड’ (१२ तस्बिरमा नायिका झरना बज्राचार्य)


सन् १९९७ अगस्टमा झरना बज्राचार्यले मिस नेपालको ताज पहिरिइन् । त्यसपछि बज्राचार्य ‘सेलिब्रेटी’ बनिन् ।

मिस नेपाल बनेको वर्ष दिनपछि अर्थात् सन् १९९८ मा प्रकाश सायमी निर्देशित चलचित्र ‘हतियार’ बाट उनी चलचित्र नगरीमा प्रवेश गरिन् ।

पूर्वमिस नेपाल उनी नेपाली चलचित्रकी सबैभन्दा ‘ग्ल्यामरस’ नायिका मानिन्छन् । चलचित्रमा उदार भएर अंगप्रदर्शन गरेकाले नायिका झरना बज्राचार्य निकै चर्चामा आइन् ।

सन् २००३ मा भारतीय निर्देशक रजत मुखर्जीको ‘लभ इन नेपाल’को मुख्य अभिनेत्रीका रूपमा अभिनय गरेपछि बलिउडका थुप्रै चलचित्रका लागि उनलाई ‘अफर’ आयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन उनको ‘ब्रान्ड’ बन्यो । त्यसपछि उनलाई बलिउडमा अभिनय गर्न मन लागेन ।

प्रतिक्रिया दिनुहोस्