५ तस्बिरमा गायिका इन्दिरा जोशी


नेपाली तारामा पाँचौं स्थान भएकी गायिका इन्दिरा जोशीले त्यहाँबाट पछाडि फर्केर हेर्न परेन । गायिका जोशीलाई नेपाली ताराले सांगीतिक क्षेत्रमा स्थापित हुन सघायो । डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी उनी लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी निर्णायकका रूपमा समेत परिचित छिन् ।

 

संगीतलाई मनोरञ्जनको साधन मान्ने उनी सातमध्ये पाँचौं छोरीका रूपमा नवलरासीको परासीमा जन्मिन् । संवत् २०४३ मा जनहविप्रसाद जोशी र अलाकन्द जोशीको कोखबाट जन्मेकी सानैदेखि नाच्ने, गाउने गर्थिन् । स्नातकोत्तरसम्मको अध्ययन पार लगाएकी उनको स्वर सुनिरहुँ लाग्छ । त्यतिमात्रै होइन, उनको ‘स्टेज पर्फमेन्स’, नृत्य, सौन्दर्य र वाक्पटुता त्यत्तिकै चर्चा गर्नलायक छ ।

 

गायिका इन्दिरा जोशीले गाएका केही गीत
–चौबन्दी चोली अनि रातो घांगर
–बेहुली
–मोटरसाइकलमा
–रेलिमाई
–उध्रेको चोली
–मरी लानु के छ र
–माग्ने बनायो
–रुझँ–रुझुँ
–जस्ट वान क्लिक
–मेरो बाबा
–तिमी र म
–माछी मारन (रिमिक्स)
–चिया कफी
–एकपल्ट
–ठूली
–गर्लफ्रेन्ड
–ट्राफिक जाम
–टुट्यो तारा आकाशमा
–जाऊ कि नजाऊ
–बाजी प्रेमको
–लोकल व्युटी
–हाँस्न सिकायौ साथी
–कान्छाले सोध्यो मलाई
–रातको कुरा
–मोहनी लगाउने
–तिमी सम्झनाभित्र

प्रतिक्रिया दिनुहोस्