बाबुआमाको नाक जोगाउँदै, गीत गाउँदै श्रेया


 

बाल्यकालदेखि संगीतको सुर–तालसँगै हुर्किइन् । घरभित्रको सांगीतिक माहोलकै कारण गायनमै ‘करिअर’ देखिन् । गायिका बन्ने बाल्यकालको चाहना पूरा हुँदै छ ।

पारिवारिक पृष्ठभूमिका कारण श्रेया सोताङलाई ‘करिअर डेभलप’ गर्न सहज भएको हो । सोताङले सानैमा भाइ सुयोग सोताङसँग मिलेर ‘कागजको डुंगा’ गीतिएल्बमका लागि बालगीत गाइसकेकी थिइन् । उनले बुवाआमासँगै ‘घरको छानो के भयो’ शीर्षाकृत गीतमा समेत आवाज दिएकी थिइन् ।

पप, आधुनिक, ज्याजलगायतका गीत गाउन रुचाउने उनले गाएरमात्रै पुग्दैन । बुवाआमा (उदय सोताङ/मनिला सोताङ)को नाक जोगाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्