संंघर्षको ‘दिक्तेल बजार’मा सार्वजनिक



काठमाडौं । गीतकार तथा संगीतकार नवीन संघर्षको ‘दिक्तेल बजारमा’ शीर्षाकृत पूर्वेली लोकदोहोरी सार्वजनिक भएको छ ।

दुःख–सुख जे जस्तो भए पनि आफ्नै गाउँ–ठाउँमा सँगै जीवन बिताउने वाचा कसम खाएको प्रेमिल भाव बोकेको गीतमा बहुचर्चित गायक राई इज किङ राजेशपायल राई र गायिका सुनिता थेगिमको स्वर रहेको छ ।

स्टुडियो किङको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको संगीत संयोजन राजु कार्कीको रहेको छ । नेपाली सांगीतिक बजारमा नवपरिचय बनाउँदै गरेको गीतकार तथा संगीतकार संघर्षले केही समयअघि आमा, जिन्दगीलगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

मन छुने म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्