‘विनर’ बन्ने पक्कापक्की विनर राईद्वारा भोटको अपिल



काठमाडौं । कटारी–५, सोक्ला उदयपुरकी ११ वर्षीया विनर राईले स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभचिन्तक सबै–सबैसँग भोट आह्वान गरेकी छन् ।

डान्स च्याम्पियन सिजन–२ को ‘टप सेभेन’का लागि प्रतिस्पर्धामा रहेकी राईले आफू ‘डेन्जर जोन’मा परेकाले भोटको आह्वान गरेकी हुन् ।

‘डान्स च्याम्पियन सिजन–२ मा अझै प्रतिभा देखाउने रहर छ,’ उनले अनुरोध गरिन्, ‘मलाई भोट गरेर डेन्जर जोनबाट जोगाई सातौं स्थानमा सुरक्षित गरिदिनुहोला ।’

नेपालमै बस्नेले www.aventoz.comm Esewa र  NIC बैंकबाट भोट गर्न सकिन्छ भने देशबाहिर रहनेले www.globalonlinepay मार्फत भोट गर्न सकिन्छ ।

‘डान्स च्याम्पियन सिजन–२ को एलिमिनेसन राउन्ड चलिरहँदा तपाईंहरूकै भोट पाएर यहाँसम्म आइपुगेकी छु,’ उनको भनाइ छ, ‘तपाईंहरूको साथ, सपोर्ट र माया पाइरहेकी छु । साथै तपाईंहरूको अमूल्य भोट पाएँ भने मेरो सफलताको ढोका खुल्ने विश्वाससहित अघि बढिरहेकी छु ।’

सूर्योद्वय साई सेकेन्डरी स्कुल कक्षा ७ मा अध्ययनरत उनी चार वर्ष हुँदादेखि नै नृत्य सिकिरहेकी छन् । सिनामंगल काठमाडौंमा रहेको द डान्स हाउसमा नृत्य सिक्दासिक्दै डान्स च्याम्पियन सिजन–२ मा भाग लिएकी हुन् ।

सामान्य परिवारमा जन्मेकी विनर राई ‘विनर राउन्ड’सम्म पुग्नै लागेकी छन् । राईलाई ‘विनर’ बनाउने वा नबनाउने जिम्मा विनर राईका आमदर्शककै हातमा छ । तपाईं–हामीले भोट गर्न जाँगर चलायौं भने विनर राई ‘विनर’ पक्कापक्की छ ।

ललितपुरको इमाडोलमा बसोवास गर्ने सरोज राई र अमृता राईले समेत छोरी विनर राईका लागि आमदर्शकसँग भोटको अपिल गरेका छन् ।

भोट गर्ने विधि यस्तो छ–

aventoz.com/candidate-detail/66bae69adb6eb

 

प्रतिक्रिया दिनुहोस्