चारवटा औंठी लगाइदिन्छु– बिहे गरौं



काठमाडौं । नायिका रेखा थापालाई उनले पटक–पटक चुम्वन गरे । नायिका थापाले पनि उनलाई चुम्वन गरिरहे । दृश्य रोमाञ्चक देखिन्थ्यो । रेखा थापालाई भेट्न असाध्यै रहर भएको सुनाएपछि उनको रहर पूरा भयो । भेटघाट हुँदा दुवैले आपसमा चुम्वन गरागर गरिरहे ।

भेटघाटमा उनले प्रस्ताव राखे, ‘चारवटा औंठी किनिदिन्छु बिहे गरौं ।’ रेखाले सहमति जनाइहालिन्, ‘ओके माई डियर ।’ बिहेको प्रस्तावक खुसीले बुरुक्क उफ्रे । माहोल रोमाञ्चक बन्यो ।

टेलिभिजन र फिल्ममा देखेर रेखा थापालाई आफूले मनपराएको सुनाउँथे । तसर्थ, भेटघाटमा उनले बिहे गर्ने प्रस्तावसमेत राख्न भ्याए । रेखा थापालाई बिहेको प्रस्ताव राख्ने विश्वकै होचो व्यक्ति भनेर गिनिजबुकमा नाम लेखाएका खगेन्द्र थापामगरको इच्छा अधुरै रह्यो ।

२७ वर्षको उमेरमा थापामगरको निधन भएको थियो । ६२ सेन्टिमिटर उचाइ रहेको उनको तौल (४ दशमलव ६) किलोग्राम थियो ।

 

प्रतिक्रिया दिनुहोस्