स्तनमा ट्याटु खोपाउने प्रतिस्पर्धा, करिश्मा र मौसमीद्वारा लुकाउने प्रयत्न



नायिका करिश्मा मानन्धरले स्तनमा ट्याटु खोपाएपछि निकै चर्चामा आइन् । सदावहार नायिका मानन्धरले दायाँ स्तनमा ट्याटु खोपाएपछि सकारात्मक नकारात्मक प्रतिक्रियासहित चर्चामा आएकी थिइन् ।

‘ट्याटुलाई भद्दा रूपमा हेर्ने गरिन्छ,’ उनले भनिन्, ‘कलात्मक लागेकाले मैले ट्याटु खोपाएकी हुँ ।’ उनी नयाँ शक्ति नेपाल पार्टीसँग जोडिएपछि सकेसम्म ट्याटु लुकाउने गर्छिन् । उनले त्यसअघि ट्याटु देखिने लुगा लगाउने गर्थिन् ।

नायिका सुष्मा कार्कीले पनि दायाँ स्तनमै सूर्यको ट्याटु खोपाएकी छन् । नायिका कार्कीमात्रै होइन, श्रीमान्लाई सम्झेपछि ‘हट सिन’ दिन मन लाग्छ भन्ने शुभेच्छा थापाले दायाँ स्तनमा ट्याटु खोपाएकी छन् । उनले दायाँ स्तनमा क्रस गरेर दुई झन्डाको ट्याटु खोपाएकी हुन् । झन्डाको माथिपट्टि ‘आई लभ’ र झन्डामुनि नेपालसमेत खोपाएकी छन् ।

मौसमी मल्लले पनि ट्याटु खोपाउन भ्याएकी छन् । नायिका मल्लले सकेसम्म ट्याटु लुकाउने गर्छिन् ।

यसैगरी, नायिका शशी खड्काले समेत दायाँ स्तनमा पुतली आकारको ट्याटु खोपाएकी हुन् । नायिका जिया केसीले पनि बिच्छीको ट्याटु खोपाएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । नायिका केसीले पोस्ट गरेको फोटोमा फरकफरकखालको ट्याटु देखिएका छन् । उनले ट्याटु नै खोपाएकी हुन् कि होइन यसै भन्न सकिँदैन ।

नायिका मानन्धर, कार्की र थापाले ट्याटु देखाउन मिल्ने लुगा लगाउँछन् । तर, मानन्धर भने ट्याटु छोपिने लुगा लगाउन थालेकी छन् ।
नायिका श्वेता खड्का, साम्राज्ञी राज्यलक्ष्मी राणाले पनि स्तनमै ट्याटु खोपाएकी छन् । पछिल्लो समय स्तनमा ट्याटु खोपाउने प्रतिस्पर्धा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्