दीपेश र एन्जिलाको मारुनी गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक तथा संगीतकार दीपेश राई र गीतकार तथा गायिका एन्जिला बाङ्देलद्वारा स्वरबद्ध ‘बुट्टेरुमाल’ शीर्षाकृत मारुनी गीत सार्वजनिक भएको छ ।

हालै सार्वजनिक मारुनी गीत श्रवणीय रहेको प्रतिक्रिया पाएपछि छोटो समयमा एक सयभन्दा बढी गीतमा संगीत भरिसकेका गायक तथा संगीतकार राई र गीतकार तथा गायिका बाङ्देल खुसीले पुलकित भएका छन् ।

मारुनी गीतको संगीत भरेका गीतकारसमेत रहेका गायक तथा संगीतकार दीपेश राई संगीत संयोजन र मोडलिङमा समेत त्यत्तिकै व्यस्त छन् । आफैंले संगीत भरेको गीतमा खुलेर गाएका उनी संगीतका मिहिनेती विद्यार्थी हुन् ।

कुमार थापाले संगीत संयोजन गरेका मारुनी गीतको मिक्सिङ र मास्टरिङ मीन विष्टले गरेका हुन् । सो गीत युवा पुस्ताका चर्चित गायक कन्काइस्ट राईको स्टुडियो भर्जिन भोइस, नक्साल काठमाडौंमा रेकर्ड गरिएको हो ।

‘बुट्टेरुमाल’ शीर्षाकृत मारुनी गीतको लिप्सिङ भिडियोसमेत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा दीपेश र एन्जिलाको अभिनय देख्न सकिन्छ ।

(यस्तो बनेको छ– लिप्सिङ म्युजिक भिडियो)

प्रतिक्रिया दिनुहोस्