बिहान बेलुका नियमित रूपमा आँपको एक–एक कलिलो पात मसिनो पारी चपाएर निलौं । त्यसपछि एक गिलास पानी खाऊँ । मुटु र मधुमेह रोगीका लागि योजति असल मित्र अरू केही हुँदैन ।
यसले मुख पनि मीठो बनाउँछ । यति गर्न सके कोलेस्टोरल, उच्च रक्तचाप र टाइप टु सुगर हुनै पाउँदैन । भइसकेको छ भने पनि महिना दिनमै राम्रो परिणाम दिन थाल्छ । (यसो भन्दैमा ओखती खाइरहेकाले डाक्टरको सल्लाहविना कदापि नछाड्नू) । भिटामिन ‘सी’, एन्टिअक्सिडेन्ट, फेनोलिक एसिड, पोटासियम, फाइबरको यो अति राम्रो स्रोत हो, जसले यी समस्या र हाम्रो पोषणमा महत्वपूर्ण भूमिका खेल्छन् ।
तसर्थ, आँपको बिरुवा आजैबाट हुर्काउन सुरु गरौं । फलेन भनेर कदापि नाश नगरौं ।
स्रोत : डा. दर्बेस, फ्रिडम फ्रम हस्पिटल अभियन्ता, नोयडा ।