कागती जाडोका साथी


जाडोका सबैभन्दा आत्मीय साथी कागती । कागतीले भन्छ रे, ‘मान्छेले नजानेरमात्रै, नत्र म मरेको मान्छे बचाइदिन्थें ।’

यसको भावार्थ हो– कागती बहुउपयोगी जीवनदायी ओखती हो । (यसका गेडा र बोक्रासमेत फाल्नुपर्दैन । ओखती लाग्छन् । यसमा हुने भिटामिन ‘सी’ र साइट्रिक एसिडले चिसोले हुने रोगविरुद्ध प्रतिरोध क्षमता उच्च राख्छ ।

तसर्थ, बिहान कालो चिया र हलुका केही खाएपछि मनतातो पानीमा कागती राखेर नियमित सेवन गरौं । त्यसमा मह र अदुवाको रस थप्न पाए झनै राम्रो ।

पुनश्चः उम्लँदाउम्लँदै वा धेरै तातो पानीमा कागती, मह राख्दा यिनमा हुने भिटामिन र खनिज नष्ट हुन्छन् । पानी एसिडिक हुँदा उल्टै हानिकारक हुन सक्छ । ख्याल राखौं, पानी हलुका मन तातोमात्रै होस् ।

प्रस्तुति : अभय श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्