काँग्रेस खोटाङमा संस्थापनकै पकड, जिल्ला सभापतिमा पाँचजनाको भिडन्त



दुर्छिम (खोटाङ) । आसन्न काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस खोटाङको जोड–घटाउ सुरु भइसकेको छ । महाधिवेशनकेन्द्रित जोड–घटाउसँगै काँग्रेस नेताका दौडधुप, भेटघाट, हेल्लो–हाइ र खासखुस बाक्लिएको छ ।

काँग्रेस खोटाङ संस्थानबाट जिल्ला सभापतिमा पाँचजनाको नाम चर्चामा रहेको छ । विष्णु राई, इवन राई, नरेश श्रेष्ठ, वीरकाजी राई र तीर्थ भट्टराईको नाम जिल्ला सभापतिका लागि चर्चामा रहेको हो ।

सभापतिमा पाँचजनाको नाम चर्चामा रहे पनि पाँचजनाबाटै जिल्ला सभापति र उपसभापतिको साझा उम्मेदवार बनाइने समाचार स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘जिल्ला सभापतिमा विष्णु राईलाई काँग्रेस खोटाङ संस्थापनले साझा उम्मेदवार बनाउने पक्कापक्की छ ।’

चर्चामा रहेका सभापतिका उम्मेदवारबाटै उपसभापतिका साझा उम्मेदवार बनाइनेछ । ‘दुई सचिवका साझा उम्मेदवारको नाम भने करिब–करिब टुंगो लागिसकेको छ,’ स्रोतको दाबी छ, ‘खोटाङ क्षेत्र ‘क’बाट समीर राई र ‘ख’बाट सुमनबावु आचार्य निर्विकल्प उम्मेदवार हुन् ।’

जिल्ला कार्यसमिति कोषाध्यक्षको साझा उम्मेदवारको टुंगो लागिसकेको छैन । त्यो पनि एक/दुई दिनभित्रै टुंगो लगाइने समाचार स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापति पनि हुन् । सभापति देउवापक्षीयलाई काँग्रेस संस्थापन भनेझैं खोटाङमा जसले जिल्ला र क्षेत्रको नेतृत्व गरेका छन्, उनीहरूलाई काँग्रेस खोटाङ संस्थापन मानिन्छ ।

काँग्रेस खोटाङ संस्थापनमा हीरा गुरुङ, सरस्वती बजिमय, विष्णु राई, इवन राई, नरेश श्रेष्ठ, वीरकाजी राई, सुवास पोखरेल, तीर्थ भट्टराई, समीर राई, सुमनबावु आचार्यलगायत उभिइएका छन् । ‘काँग्रेस खोटाङका मुख्य नेता एक ठाउँमा उभिइएपछि खेल खत्तम भइगयो नि,’ समाचार स्रोत थप्छन्, ‘उनीहरूसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नु भनेको फलामको चिउरा चपाउनुसरह हुनेछ ।’

जिल्ला सभापतिको साझा उम्मेदवार खोटाङ क्षेत्र नम्बर ‘ख’ले पाएपछि उपसभापति ‘क’ले पाउने पक्कापक्की छ । भूगोल मिलाउनका लागि पनि उपसभापति ‘क’ले पाउने नै भयो । उपसभापतिका साझा उम्मेदवार बनाउन काँग्रेस खोटाङ संस्थापनलाई अप्ठ्यारो छैन ।

खोटाङ क्षेत्र ‘क’का काँग्रेस खोटाङ संस्थापनपक्षीय नेता 

  • ऐंसेलुखर्क गाउँपालिका

विश्वनाथ निरौला (गाउँपालिका अध्यक्ष)
लोकेन्द्र राजभण्डारी (क्षेत्रीय उपसभापति)
हरेराम राजभण्डारी (गाउँपालिका सभापति)
सन्तवीर तामाङ (जिल्ला सदस्य)
शान्ति राई
राजेश राजभण्डारी (वडाध्यक्ष)
रमेश गुरुङलगायत बहुसंख्यक वडासभापति र स्थानीय ।

  • केपिलासगढी गाउँपालिका

वीरकाजी राई
समीर राई
गोपाल राई
बलिराज राई

  • रावाबेंसी गाउँपालिका

सुवास पोखरेल
राजकुमार खतिवडा
फटिक श्रेष्ठ (गाउँपालिका सभापति)
मोहन गुरुङ (क्षेत्रीय उपसभापति)
ज्ञानु पाण्डे (वडाध्यक्ष)
कैलाश राई
गेहेन्द्र राई
भक्त राई
प्रदीप गिरी

  • हलेसी तुवाचुङ नगरपालिका

इवन राई
जितेन्द्र ठकुरी
रूपेन्द्रकुमार राई
चक्रकुमार राई
पृथ्वी राउत
दिनेश राई

हलेसी तुवाचुङ नगरपालिकाका वडास्तरीय नेता

  • बाहुनीडाँडा

रुद्रकुमार राई (वडाध्यक्ष)
एनकुमार राई
सुवास राई
वीरधन राई
शिव कार्की
झकबहादुर कार्की

  • डिकुवा

देवेन्द्र राई
चित्र खत्री
दिनेश राई
टेकबहादुर खत्री (वडासभापति)

  • च्यास्मिटार

भूपालसिं राई
रूपेन्द्र राई
महेश अधिकारी

  • बडहरे

पदम तामाङ (वडासभापति)
राजकुमार बस्नेत (नेविसंघ खोटाङ सभापति)
भेषबहादुर अधिकारी
प्रेमबहादुर बस्नेत
हुतराज बस्नेत
उमेश बस्नेत

  • दुर्छिम

चक्रकुमार राई
जितेन्द्र ठकुरी
रूपेन्द्रकुमार राई
सत्येन्द्र ठकुरी
पृथ्वी राउत
पवन चाम्लिङ राई (साल्तेम्मा)
टकेन्द्र राई
विजय राई (साल्तेम्मा)
किस्मत राई
नेत्र राउत

  • मंगलटार

दीपक राई
जेमसिं राई
शिव कार्की

  • महादेवस्थान

कमल गिरी
सयन्द्र राई
हर्कराज राई
सम्बरबहादुर राई
देवराज केसी
राकेश परियार

धितुङ

पृथ्वीराज राई (वडाध्यक्ष)
टेकराज राई
खेमराज कार्की (वडासदस्य)
पदम कार्की (शिक्षक)

  • सल्ले

काशीराज राई (वडाध्यक्ष)
गणेश पौडेल (वडासदस्य)
सल्लेमा दुवै काँग्रेसको ५०/५० प्रतिशत रहेको दाबी ।

  • अर्खौले

ज्ञानबहादुर पुरी (वडाध्यक्ष)
रुद्रनारायण श्रेष्ठ (वडासभापति)
प्रकाश श्रेष्ठ (व्यवसायी)
यहाँ खोटाङ काँग्रेस संस्थापनको बहुमत रहेको दाबी ।

  • राजापानी

सन्तोष खत्री (वडाध्यक्ष)
कमल रेग्मी (वडासभापति)
प्रकाश राई

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

सरस्वती बजिमय
नरेश श्रेष्ठ

खोटाङ क्षेत्र ‘ख’का काँग्रेस खोटाङ संस्थापनपक्षीय नेता

हीरा गुरुङ
विष्णु राई
तीर्थ भट्टराई
महन्थ राई
सुमनबावु आचार्य
शालिकराम बन्जारा ९वराहपोखरी गाउँपालिका अध्यक्ष०
सहरमान राई
वसन्त राई
भुवन श्रेष्ठ
दिनेश घिमिरे

 

प्रतिक्रिया दिनुहोस्