बोतल सर !



फुर्सदको समय । के काम गर्ने होला ? मनमा खुल्दुली भइरहेको थियो । श्रीमती ज्योति रुम्दाली र जेठान ज्ञानेन्द्र रुम्दालीले संयुक्त रूपमा २०७५ मा एकीकृत स्रोत व्यवस्थापन प्रालि स्थापना गर्नुभएको थियो । प्रालिले कबाडी कारोबार गथ्र्यो । दाइले कम्पनी स्थापनालगत्तै ओखलढुंगा र सोलुखुम्बुमा खाली बोतल संकलन गर्न थाल्नुभयो ।

हलेसीबाट काम थाल्न दाइले सुझाउनुभयो । सहर–बजारका गल्ली–गल्लीमा पुरानो कापी, किताब, खाली बोतल, फलाम संकलन गनेर्हरू देखेको थिएँ । काठमाडौंमा कलेज पढ्दा पुरानो कापी, किताब र घरमा आफूभन्दा माान्यजनले लिएका बियर, भोड्काका खाली बोतल बेचेको सम्झना ताजै थियो ।

रवीन चाम्लिङ

सुरुताका खाली बोतल संकलन गर्न त्यति सहज लागेन । मलाई समाज र समुदायसँग डर थियो । त्यसो त हिजोआज पनि डराउँछ । नभन्दै प्रश्न उठाइए । तराईवासीले गर्ने काम पनि गर्न थाल्यौ हगि ? भनेर व्यंग्य गरियो । त्यसो भन्नेलाई फोहोरमा मोहोर फल्छ भनिदिएँ । कतिपयलाई फोहोरमैला व्यवस्थापन गरेको नि भनेर टारिदिएँ । जे–जस्तो भए पनि मेरा लागि नयाँ कामको थालनी थियो ।

नयाँ कामका लागि सहोदर माइला भाइ सुमन राई र अन्य साथीभाइ जोडिए । खाली बोतल संकलन गर्दा हामीले पैसा तिर्नुपर्दैनथ्यो । हलेसीका होटल तथा रेष्टुराँका बोतल संकलन थाल्यौं । साथीभाइले होइन के गर्न थाल्यौ भन्न थाले ।

संकलन केन्द्र निर्धारण गर्न नसक्दा र कम्पनीअनुसार बोतल छानेर प्याकिङ गर्न नजान्दा श्रम, समयका साथै आर्थिक क्षति बेहोर्नुप¥यो । बोतल प्याकिङ गरेको बोरा साता दिनभित्र नपठाएमा घामपानीले असर गरेर छरपस्ट बनाउँथ्यो । त्यसपछि पुनः प्याकिङ गर्नुपथ्र्यो । हामीले काम थालेको केही दिनपछि ओखलढुंगाबाट तीन/चार भाइ ल्याइयो । त्यो टिममा तराईवासी पनि थिए । उनीहरूबाट काम सिकियो । त्यसपछि काम गर्ने भेउ पायौं ।

हामीले हलेसी तुवाचुङ नगरपालिकाभित्रका धितुङ, हलेसी बजार, ऐंसेलुखर्क, बर्खेटार, अर्खौले, बिजुले क्षेत्रमा फालिएका बोतल संकलन गर्न थाल्यौं । डम्पिङसाइटबाट पनि बोतल झिक्यौं । महादेवबेंसीमा लामो समयदेखि फालिएका बोतल संकलन ग¥यौं ।

हलेसी बजारको मध्यपहाडी लोकमार्गछेउछाउका बोतल संकलन केन्द्रमा राख्यौं । संकलित बोतल वर्गीकरण र प्याकिङ गर्ने काम भयो । एउटा गाडीमा एउटै कम्पनीको १८ हजारवटा बोतल संकलन गरी प्याकिङ गरेर कम्पनीमा पठाउनुपथ्र्यो । एकैखालका १८ हजार बोतल संकलन गर्न सजिलो थिएन । तर पनि हामीले अहिलेसम्म हलेसीबाट चार गाडी बियरका खाली बोतल तराईतिरका कम्पनीमा पठाइसकेका छौं । मेरो अनुभवले भन्छ– यो कामबाट घाटाचाहिँ हुँदैन ।

डम्पिङसाइटमा रहेका कोल्ड ड्रिङ्क्स र मिनरल वाटरका प्लास्टिक बोतल, कार्टुन र बियरका बोतल उठाउने कामसमेत गर्दै आएका छौं ।
पछिल्लो समय ओखलढुंगाको हर्कपुरलाई केन्द्रबिन्दु बनाएर जग्गा भाडामा लिई स्टोर बनाएका छौं । त्यहाँ खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबाट संकलित कवाडी सामान जम्मा पारिन्छ । केन्द्रमा अन्तिमपटक प्याकिङ गरी विभिन्न कम्पनीमा पठाउने गरिन्छ ।

पहिले–पहिले तराईवासी खाली बोतल संकलन गर्न पहाड चढ्थे । हिजोआज उनीहरू फलाम र सोलारको व्याट्री संकलन गर्नमात्रै आउँछन् । किनकि खाली बोतल संकलनमा मिहिनेत धेरै गर्नुपर्छ । फाइदा पनि सोचेजस्तो हुँदैन । त्यसो भएपछि खाली बोतलले प्रदूषण बढाउने भयो । अब यो काम कसले गर्लान् ? म हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा अध्यापन गर्ने मैले त्यो समस्या दृष्टिगत गर्दै ‘कामको सम्मान गरौं, काम ठूलो सानो हुँदैन’ भन्ने युवा पुस्तालाई सन्देश दिन यो काम थालेको हुँ ।

 

प्रतिक्रिया दिनुहोस्