सुन्दर साल्तेम्मा



साल्तेम्मा हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्छ । तात्कालिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर १ मा पर्ने साल्तेम्मा नामकरणबारे दुई किंवदन्ती प्रचलित छन् ।

 

पहिलो किंवदन्तीअनुसार, परापूर्वकालमा साल्तेम्माको सिरानमा रहेको चन्डीडाँडासँगै सम्म परेको जमिन पृथ्वी हलचलका कारण केही भाग सड्केर तल झरी मैदान बनेको थियो । जसलाई चाम्लिङ राई भाषामा ‘साटा ढा’ भनिन्छ । ‘साटा ढा’बाटै साल्तेम्मा भएको बताइन्छ ।

 

दोस्रो किंवदन्तीअनुसार, परापूर्वकालमा त्यहाँ घनाजंगल थियो । जंगलबीचमा साल्पापोखरी नाम गरेको पोखरी थियो । पशुपक्षी पानी पिउन साल्पापोखरी पुग्थे । पोखरीवरिपरि बसोवास गर्नेलाई मासु खान मन लाग्दा पोखरीछेउछाउ लुकेर सिकार खेल्थे ।

चाम्लिङ राई भाषामा सिकार मार्न जानुलाई ‘सा तेम्मा’ भनिन्छ । ‘सा तेम्मा’ अपभ्रंश हुँदै साल्तेम्मा भएको भनाइ दुर्छिम पाश्वचित्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्