चारतारे झन्डा फरर्र मदनको आँसु बरर्र


बालापनमै बाबाले आफू पुरानो काँग्रेस भन्नुहुँदा काँग्रेस बन्न रहर लाग्थ्यो । संवत् २०५५ तिर खोटाङ काँग्रेसका नेताहरूको नाम सुनेको थिएँ । त्यसताका चर्चाका नेताहरू शिवकुमार बस्नेत, विष्णुकुमार राई, सर्वधन राई, अटलसेर राई, सुवासकुमार पोखरेल, कालुमान गुरुङ, कमला राई, इच्छु राना, सरस्वती बजिमय ।

विद्यार्थी नेताहरू विष्णुराज राई, दिनेश घिमिरे ।

रोहित राई

त्यसपछि तात्कालिक नेताहरूसँगै रविप्रकाश राईहरूको उदयपछि तीर्थराज भट्टराई, महेन्द्र कटुवाललगायत अन्य नेताहरू इवन राई, दिनेश राई, ज्ञानेन्द्र जोशी, रोजन राई, दुरेन्द्र राई, जितेन्द्रसिं ठकुरी, बिमला राईलगायतका थुप्रै नेताहरू हुनुहुन्छ ।

कालुमान गुरुङको सशस्त्र जनयुद्धमा ०५७ मा हत्या भएको थियो ।

०५६ को निर्वाचमा शिव दाइलाइ प्रथमपटक छिमेकमा भेटेको थिएँ । त्योबेला गीत गाइन्थ्यो, ‘चारतारे झन्डा फरर्र मदनको आँसु बरर्र ।’ गीत रच्नुका कारण त्योबेला मदन राई काँग्रेसको वागी उम्मेदवार हुनुहुँदोरहेछ ।

हिजोआज शिव दाइ क्रियाशील लिएर मोरङ जानुभयो भन्ने सुन्दा दुःख लागेको छ । खोटाङले जिताएर वन राज्यमन्त्री भइसकेको व्यक्तिलाई खोटाङबाट क्रियाशील सारेर मोरङ जान मजबुरी किन भयो त ? प्रश्न मनमा उब्जेको छ ।

विष्णुकुमार दाइजस्तो शालीन, दूरदर्शी नेतालाई दुईपटकसम्म निर्वाचत जिताउन सकिएन । ०७० मा आफ्नै पार्टीको अन्तरकलहका कारण, ०७४ मा पार्टी नेतृत्व र कम्युनिस्ट गठबन्धन कारण ।

यदाकदा काँग्रेस समर्थकको टीका–टिप्पणी सुनिन्छ, ‘विशेषतः काँग्रेसको आडमा जागिर खाएका व्यक्तिहरूमा शिव दाइ ठीक छैन । बिचरा विष्णुकुमार दाइ ।’

प्रश्न गर्न मन छ, ‘हिजो आफू बिचरा भएर जागिर खाँदा आफ्नो अनुकूल सरुवा बढुवा गर्दा सबै ठीक अहिले बेठिक ? जसको सहयोगमा जागिरे, सरुवा बढुवा हुनुभयो, उही नेतालाई निर्वाचनमा कति सहयोग भयो ? आफूलाई गरेको जति आवश्यक पर्दा सहयोग फर्काउँदा के बिग्रन्छ ? नेताले गरेको गुन तिर्नुपर्दैन ?’

फेरि पनि आग्रह छ, ‘गुनको गुन तिरौं । सहयोग फर्काऔं । सबै सँगै अगाडि बढौं । हिजोको आफ्नो हैसियत नबिर्सौं ।’

तर, कतिपय नेताले आफ्नो नैतिक धरातल बिर्सेर अग्रजलाई पछारेर अगाडि बढ्न खोज्दा पार्टी नै असफल भएको छ । अबको काँग्रेस खोटाङको बाटो अग्रजलाई लडाएर आफूले उछिन्ने प्रवृत्ति अन्त्य नै हो ।

अग्रजको त्याग, संघर्ष, साधनाको कदर, सम्मान गर्न सके आफू पनि सफल भइन्छ । बेलैमा सोचौं । नेपाली काँग्रेसलाई फेरि एकपटक सफल पार्टी साबित गरौं ।

(लेखक, नेविसंघ खोटाङ संगठन विभाग प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्