सुखी नेपाली, समृद्ध नेपालको सपना सार्थक बनाउँदै वडाध्यक्ष



देशमा संविधानसभाबाट संविधान जारी भयो । संविधानकै भावनाअनुरूप ७ प्रदेश ७५३ स्थानीय तहहरू बने स्वायत्तता त स्वशासनसहितको प्रदेश तथा स्थानीय तह बनिरहँदा जनतासँग प्रत्यक्ष जोडिने वडाहरू स्वयत्तता नहुँदा सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नाराको अनुभूति जनताले गर्न सकेका छैनन् ।

तर पनि हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष चइन्द्र राई भने प्रधानमन्त्रीको सुखी नेपाली, समृद्ध नेपालको सपना सार्थक बनाउन कम्मर कसेर लागेका छन् । वडाध्यक्ष राईको कार्यकालमा बिर्सनै नसकिने काम कति सम्पन्न भए कति सम्पन्न हुने चरणमा छन् ।

यस वडाले शिक्षामा ऐतिहासिक फड्को मारिसकेको छ । माध्यमिक तह अध्यापनका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्यमात्र होइन, वडामै स्नातक तहसम्म पठनपाठन भइरहेको छ । त्यतिमात्र कहाँ हो र ? कक्षा ९ देखि नै प्राविधिक शिक्षा (सिभिल इन्जिनियरिङ)को कक्षा गत वर्षदेखि नै सञ्चालनमा आएको छ । सिभिल इन्जिनियरिङ पढ्नका लागि सुविधासम्पन्न सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्वास्थ्यमा समेत ठूलै सफलता हात परेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा ३ करोड २८ लाख बजेट विनियोजन गर्दै १५ शय्याको अस्पताल बनाउने घोषणा गर्दै काम अगाडि बढाइएको छ । आवश्यक जग्गा उपलब्ध भइसकेको छ । यस अस्पतालबाट स्थानीयमात्र होइन, हलेसी आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या हुँदा सहज हुने भएको छ ।

पर्यटन क्षेत्रमा केही वर्षपछि ठूलै सफलता हात पर्दै छ । संघीय सांसद माननीय विशाल भट्टराईको नेतृत्वमा हलेसी गुरुयोजनाको काम भइरहेको छ । प्रदेश सरकारको ४० लाख रुपैयाँ आर्थिक सहयोगमा ढुंगेबगैंचाको काम सुरु भइसकेको छ । योसँगै अनगिन्ती योजना सञ्चालनमा छन् ।

संघीय सरकारबाट ४७/४८ करोड बजेट नगरपालिकामा आइरहँदा वडामा भने २५/३० लाखको बजेट सिलिङले जनताका सबै–सबै माग पूर्ति गर्न सम्भव छैन । संघीय तथा प्रदेशका माननीयहरूको समन्वय तथा पहल–कदमीले उल्लिखित उपलब्धि हात पार्न सहज भएको हो ।

यो वडाले छिमेकी सबै वडामा सडक सञ्जालले जोडिइसकिएको छ । छिमेकी वडाका कृषि उत्पादनलाई बजारका लागि सहज भएको छ ।
यस वडामा पर्यटन व्यवसायबाट मात्र होइन, कृषिबाट पनि उत्तिकै आम्दानी गर्न थालेका छन् । यहाँका जनताले वडाको उत्तरी भेगमा सुन्तला तथा तरकारीबाट मनग्गै आम्दानी गर्न थालेका छन् भने पश्चिम–दक्षिण भेगमा बदाम र खुर्सानी उत्तिकै उत्पादन हुन्छ । बाँकी रहेका बस्तीलाई होमस्टेका रूपमा विकास गर्न सकियो भने यस वडा आत्मनिर्भरतर्फ उन्मुख हुनेछ ।

प्रतिक्रिया दिनुहोस्