कविता : रिपे कामी र आरान



वर्षौंदेखि
रिपेको आरानमाथि
एउटा आरोप थियो–
रिपेको आरानबाट बनेको खुकुरीले
मान्छे काट्यो
मान्छे विनाश गर्यो
हिरोसिमा र नागासाकीका जनतालाई
आइन्सटाइनले आविष्कार गरेको
अणु बमले विनाश गरेजस्तै
कस्तो आरोप
रिपे र आइन्सटाइनमाथि
रिपे हेर्दा मान्छे काट्नेजस्तै छैन
आरानमा बसेर खलाँती चलाउँदा–चलाउँदा
रिपे
खलाँतीजस्तो चाउरिएको छ
आरानजस्तो भत्किएको छ
यस्तो रिपेको मर्मत हुँदैन आरानमा
जसले आफूलाई फलामजस्तो
दह्रो बनाउन सकेन ।

नितुङ, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्