अन्यायविरुद्ध लेख्दा जेलमा जाकिएका महान् कवि



अलेक्जेन्डर पुस्किन रूसका मात्र नभई विश्वप्रसिद्ध कवि हुन् । पुस्किन स्वतन्त्रताका पक्षपाती, अन्धकारका घोर विरोधी थिए । अर्थात् त्यतिखेर उनले निरंकुश जारशाहीको खुलेरै घोर विरोध गरे । यसैकारण जारशाहीको षड्यन्त्रबाट ३८ वर्षको उमेरमा उनले ज्यान गुमाए । अल्पायुमा ज्यान गुमाए पनि आफ्ना कालजयी कृतिले गर्दा उनी रूसको राष्ट्रकवि वा महाकविको उपाधिले विश्वविख्यायत छन् ।

रूसका महाकवि पुस्किनको जन्म १७९९ जुन ६ मा रूसको सम्पन्न परिवारमा भएको थियो । उनका बाबु जारका दरबारका कारिन्दा थिए । उनी सन् १८११ देखि १८१७ सम्म रूसको लेलिनग्रादनजिकैको सारस्कोए सेलोमा हुर्के, बढेमात्रै होइन, स्कुलका प्रारम्भिक शिक्षा स्थानीय स्कुलबाट प्राप्त गरे । उनको पूरा नाम अलेक्जेन्डर सर्गेइभिच पुस्किन हो । उनमा सानैदेखि साहित्यमा रुचि थियो । सन् १८२० मा प्रकाशित ‘रुस्लान र ल्युड्मिला’ उनको पहिलो कविता हो । यही काव्यिक कृति आएदेखि उनी रूसकै चर्चित कविका रूपमा चिनिन थालिसकेका थिए ।

पुस्किनको जन्म जारशाही परिवारमा भए पनि अन्याय अत्याचारविरोधी भएकाले निरंकुश जारशाहीको विरोधमात्र गरेनन्, आफ्नो कृतिमा खुलेरै विरोध जनाएका छन् । यसले गर्दा उनलाई जार सरकारले बन्दी बनायो । उनी लेलिनग्रादबाट ककोसियामा निर्वासित भए । निर्वासित जीवनमा उनले थुप्रै दुःखकष्ट भोग्नुपर्यो । जति नै दुःखकष्ट भोग्नुपरे पनि उनी एक दिन बिहानी भएरै छाड्छ भन्ने मान्यता राख्थे । कठोर बन्दी जीवनमा बिताइएका अनुभूति सँगालेर ‘ककेससको बन्दी’ नामक लामो कविता लेखे । सन् १८२०–२१ मा लेखिएको यो कविता यति चर्चित भयो कि उनलाई प्रसिद्धिको शिखरमै पुर्यायो ।

यसो त एक सग्लो कविका रूपमा स्थापित हुन पुस्किनलाई कम्ती गाह्रो परेन । जारकालीन शासकविरोधी भएकाले कवितासंग्रह प्रकाशित गर्न पनि ठूलै झमेला बेहोर्नुपथ्र्यो । झन् बन्दी अवस्थामा कवितासंग्रह प्रकाशित गर्नु भनेको फलामको चिउरा चपाउनुजत्तिकै थियो । तथापि, सूर्यलाई हत्केलाले छेक्न सकिन्न भनेझैं उनले त्यस्तो विषम परिस्थितिमा पनि हस्तलिखित प्रतिहरू लुकीछिपी बाँड्ने गर्थे । उनका पाठक त्यसैगरी पढ्थे । यो कुरा एक दिन जार सरकारले चाल पाएपछि उनलाई अझ कडाभन्दा कडा रूपमा राख्नेमात्रै कि त्यहाँबाट पनि टाढा गाउँमा निर्वासित गरिदिए । जार सरकारले उनलाई यतिसम्म दुःख दिए कि कडाभन्दा कडा बन्दी जीवन बिताउन बाध्य पारिएपछि उनकै गृहस्थान लेलिनग्राद फर्काइयो । र, उनको चाहनाविपरीत जारशाही दरबारमा दरबारिया पदमा नियुक्त गरेर दरबारमा दिनहुँ आउनुजानुपर्ने बाध्य पारियो । त्यहाँ उनको सम्मान त हुँदैनख्यो बरु दुःख दिनुसम्म दिइन्थ्यो । निनहुँ अपमान र तिरस्कारले पुस्किनभित्रको विद्रोहको ज्वाला विस्फोटन हुन मद्दत ग¥यो ।

जारशाही दरबारमा जतिसुकै अपमान र तिरस्कार खेप्न परे पनि त्यति विचलित भने भएनन् । अति नै भएपछि साहसी र स्वाभिमानी पुस्किनले आफूलाई अपमान गर्नेलाई लड्न चुनौती दिए । उनको चुनौती साँच्चै युद्धमै परिणत भयो । चाहेको भए राजा जार निकोलस प्रथमले त्यो युद्ध रोक्न सक्थे । तर, उनले त्यसो गरेनन् । अन्ततः जारशाहीको षड्यन्त्रमै परेर ३८ वर्षको कलिलो उमेरमै सन् १८३७ मा देश त्याग्न बाध्य भए । उनको मृत्युलाई लिएर रूसका अर्का महान् कवि मिखाइल युर्येमिट लेर्भन्तेभेले ‘कविको मृत्यु’ नामक चर्चित कविता लेखे । उनले सो कवितामा जार सरकारले पुस्किनलाई मारेको होइन बरु जारले स्वतन्त्रताको हत्या गरेको सन्देश दिन खोजेका छन् । उनलाई पनि जार सरकारले पुस्किनलाई जस्तै मारे । पुस्किनजस्ता कविको स्वतन्त्रताको मागले सन् १९१७ मा रूसमा अत्याचारी राजा जार शासन अन्त्य भयो ।

विधाताले अलेक्जेन्डर पुस्किनलाई थोरै आयु दिए पनि छोटो समयमा सिर्जेका ओजपूर्ण कृतिले आफ्नो जिन्दगी सार्थक बनाए । छोटो समयमै उनी रूसका महान् कविको सूचीमा सूचीकृत भए । यिनको साहित्यिक व्यक्तित्वबारे निकोलाई गोगोलाले भनेका छन्, ‘पुस्किन विवादको भुमरीमा जेलिए पनि आफ्ना समकालीनबीचको श्रेष्ठतम् कवि थिए ।’ यसैकारण अलेक्जेन्डर पुस्किनलाई रूसको महाकवि भनिन्छ । यसो त उनी उपन्यासकार पनि हुन् । उनका प्रख्यात कृतिमा स्वर्गीय प्रिन्सेसका कथाहरू, उपन्यासमा कप्तानकी छोरी, वोरिस गादुनोय, द क्वीन अफ स्पेड्स र नाटकमा दी स्टोन गेस्त आदि हुन् ।

१८३७ फेब्रुअरी १० मा ३८ वर्षमै जार सरकारले उनको हत्या गरे । तर पनि उनका कालजयी कृतिले युगौंयुग यस धर्तीमा बाँचिरहनेछन् । उनी साहित्यका चम्किला नक्षत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्