प्रा. करनबहादुर शाहको नाममा कम्प्युटर ‘फोल्डर नेम’



‘आजभन्दा ठीक २० वर्षअघि उनीसँग काम गर्ने मौका मिल्यो,’ राजु आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनी गुरु । म विद्यार्थी ।’

उपल्लो मुस्ताङमा जैविक विविधताको अध्ययनमा थियौं । तर, विशेषगरी वन्यजन्तुको मात्र । ‘बिहान ७ बजे ब्रेकफास्ट खाएर काममा लाग्दा बिहानको खाना खाँदा दिउँसोको ४ समेत बज्थ्यो,’ आचार्य भन्छन्, ‘उनी बिस्तारै हिँड्थे । तर, हामी भेट्न सक्थेनौं । उनीसँग ज्ञानको भण्डार नै छ । चित्त नबुझेको कुरा स्पष्ट राख्छन् ।’

‘त्यसबेला महिना दिन सँगै हिँड्दा धेरै कुरा सिक्न पाएँ,’ उनको भनाइ छ, ‘अहिलेसम्म नियमित सम्पर्कमा छौं । उमेरले मात्र होइन, व्यावहारिक र व्यावसायिक दुवै कुरामा परिपक्व पनि छन् । उनीसँग फिल्ड जाँदा समय बितेको पत्तो हुँदैन । उनी मेरो स्नातकोत्तर थेसिसका सल्लाहकारमध्येका एक हुन् ।’

‘उनको जाँगर देखेर दुई वर्षअघि कम्प्युटरमा एउटा फोल्डर खोलें । नाम राखे ‘करन दाइ’ । उनी सँग सम्बन्धित सबै सूचना त्यही फोल्डरमा राख्ने गरेको छु,’ उनले थपे, ‘कम्प्युटरमा त्यो फोल्डर देखिँदामात्र पनि काम गर्ने जाँगर चल्छ । फेसबुकमा ‘करन दाइ’ भने पनि उनी मेरा नजिकका गुरु हुन् । उनलाई म ‘सर’ भनेर सम्बोधन गर्छु । उनको पूरा परिचय प्राध्यापक करनबहादुर शाह हो । कम्तीमा १०० वर्षसम्म यही जाँगरले बाँचेको हेर्न पाइयोस् ।’

प्रतिक्रिया दिनुहोस्