रेग्मीटार (खोटाङ) । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई रेग्मीटारदेखि मोहित भएका छन् ।
‘आहा रेग्मीटार !,’ सामाजिक सञ्जाल फेसबुकमा रेग्मीटारको तस्बिर सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले लेखे, ‘राम्रो ठाउँ रोजेर जनताले घरबास जोड्दाजोड्दै स्वतः आफैं बन्दै गएको एकीकृत बस्ती ।’
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पुछारमा रेग्मीटार पर्छ । उनले फेसबुकमै दाबी गरे, ‘राजापानी पुछार । साप्सु र दूधकोसीकिनारमा रहेको एउटा सुन्दर ठाउँ ।’
‘आहा साँच्चै सुन्दर भएछ । हामी हिँड्दा गोठहरूमात्रै हुन्थ्यो । राति बास बस्दा कम्ता मस लाग्दैनथ्योे । सम्झना ताजै छ,’ किराती सन्जोकाजीले प्रतिक्रिया लेखेका छन्, ‘यसको आसपासमा घर्तीभीर छ नि माननीयज्यू । त्यो भीरलाई प्रचारमा ल्याएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।’