सुम्निमा पारुहाङ सांस्कृतिक समूहद्वारा रूपेशको उपचारका लागि ५० हजार



हलेसी (खोटाङ) । सुम्निमा पारुहाङ सांस्कृतिक समूहले अटोरिक्सा दुर्घटनामा परी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार गराइरहेका रूपेश राईको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

समूह अध्यक्ष हर्कराज राई, कोषाध्यक्ष डिल्ली चाम्लिङलगायत समूहसम्बद्धले घरमै पुगेर रूपेशकी आमा ममता राईलाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

हलेसी ऐंसेलुखर्कको पिलोतेमा स१ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका रूपेश राईको स्वास्थ्यलाभ कामना गर्दै उपचारका लागि सहयोग गरेकोमा ममता राईले सुम्निमा पारुहाङ सांस्कृतिक समूहसम्बद्धप्रति कृतज्ञता व्यक्त गरिन् ।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेकाले छोराको उपचारका लागि रूपेश राईको बुवा कम्पराज राई, आमा ममता राईले सहयोगको याचना गरेका थिए ।

रूपेश राईको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘रूपेश राई बचाऊ’ अभियान थालिएको छ । अभियानका लागि दुर्छिम माध्यमिक विद्यालय दुर्छिमका अंग्रेजी शिक्षक तथा हलेसी क्याम्पसका ‘लेक्चर’ नवीन चाम्लिङलगायतले रूपेश राई बचाऊ अभियान थालेका थिए । कात्तिक २३ बाट थालिएको अभियानमा यो समाचार तयार पार्दासम्म १ लाख ७० हजार संकलन भएको ‘रूपेश राई बचाऊ’ अभियानका अभियन्ता नवीन चाम्लिङले जानकारी गराए ।

रूपेश राईको उपचारका लागि सहयोग गर्न चाहने मनकारीले नवीन चाम्लिङ (हलेसी), यविन्द्र राई (हलेसी), हामस राई (हलेसी)लाई क्रमशः ९८४९३०४०३८, ९८४२९४४३०१, ९८४२९४४३०० र चन्द्र राई ९८५१२७९२२२ (काठमाडौं) मा सिधा सम्पर्क गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्