पसिनाको गीत गाउँदै बाँच्नुको मज्जा



कोरोना कहरबीच हामी त गाउँमा सानासाना खुसीसँग बाँच्न अभ्यस्त हुँदै छौं ।

जस्तो कि किराँती पुर्खाले खेती गरेको प्रथम अन्न सायुङ्माको बीउ मज्जैले जोगाइयो ।

फर्सीको गट्टा भटाभट लाग्दै छ ।

चिन्डोको पुन्टे दाना लाग्न थालिसक्यो ।

बेसार र भटमासबीच व्यापक प्रतिस्पर्धा छ ।

कोदो गोड्ने बेला हुनै लाग्यो ।

बारीको डिलडिलमा लगाइएको बोडिमाको लहराले कान्ला ढाक्नै लागिसक्यो ।

प्रतिक्रिया दिनुहोस्