हलेसीमा पूर्वप्रधानमन्त्री ओलीको १ घन्टा ३३ मिनेट


११:५७ बजे

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली ११ः५७ बजे हलेसी ओर्ले । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राधिका शाक्य सिम्रिक एयरको हेलिकोप्टरमार्फत हलेसी ओर्लंदा बिहानको ११ः५७ बजेको थियो ।

११:५९ बजे

हेलिकोप्टरबाट ओर्लनासाथ पूर्वमन्त्री उषाकला राई, संविधानसभा सदस्य पीके राई, एमाले केन्द्रीय सदस्य रमेशकुमार पौडेल, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख वीणादेवी राईले हेलिप्याडमै ओलीलाई स्वागत गरे ।

१२:०८ बजे

हलेसीको मठडाँडामा रहेको हेलिप्याडबाट स्कर्टिङ गरेर पाहुनालाई हलेसी गुफा लगियो ।

हलेसी गुफा पुग्नअघि हलेसी सूचना केन्द्रको प्राङ्गण रहेको छ । प्राङ्गण प्रवेश गर्दा १२ः०८ बजेको थियो । प्राङ्गण प्रवेश गरेपछि पण्डित विदुर दाहालले स्वस्ति मन्त्रोच्चारण गरेर पाहुनाको स्वागत गरेका थिए । पाहुना सरासर हलेसी गुफातिर लागे । गुफाको प्राङ्गण पुग्दा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सवार हेलिकोप्टर अवतरण गरेको थियो ।

१२:१२ बजे

मध्याह्न १२ः१२ बजिसकेको थियो । पाहुना टक्क अडिए । यतिन्जेलसम्म पाहुना हलेसी गुफाको आधा बाटो झरेका थिए ।

१२:१३ बजे

जहाँ रोकिए, त्यहींबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यले पूजाआजा गरे । पण्डित दाहालले रुद्री मन्त्रोच्चारण गरेपछि पाहुनाले हात जोडेर २ मिनेट पूजाआजा गरे ।

१२:१६ बजे

त्यसपछि पाहुनाले बत्ती बालेका थिए । लगत्तै पण्डितले पाहुनालाई टीका र रुद्राक्षका माला लगाइदिए ।

१२:१७ बजे

बलेको बत्ती बोकेर राधिका शाक्य शिवलिंग रहेको ठाउँतिर प्रवेश गरिन् । शाक्यले छोटो–मीठो पूजा गरेर २ हजार भेटी चढाउँदै गर्दा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सांसद विशाल भट्टराईसँग हलेसी गुफा टेकिसकेका थिए ।

१२:२२ बजे

हलेसीका पुजारी गोपाल गिरीले बादललाई १२ः२२ बजे टीका र रुद्राक्षका माला लगाइदिए । थापाले १ हजार रुपैयाँ भेटी चढाए ।

१२:२४ बजे

सांसद भट्टराई हतारमा देखिन्थे । पुजारी गिरीले उनलाई पनि टीका लगाइदिए ।

१२:२७ बजे

पूजाआजा गरेर शाक्य ओली रहेको ठाउँमा पुग्दा १२ः२७ बजेको थियो । पुजारी गिरीले ओलीलाई त्यहीं टीका लगाइदिए । लगत्तै शाक्यले पुजारीलाई २ हजार दक्षिणा दिइन् ।

१२:२९ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गुफाबाट बाहिरिँदा १२ः२९ बजिसकेको थियो ।

१२:३० बजे

गुफाबाट बाहिरिएपछि मारातिका गुम्बा प्रवेश गर्दा १२ः२९ बजेको थियो ।

१२:३९ बजे

गुम्बाबाट बाहिँदा १२ः३९ बजेको थियो ।

१२:४९ बजे

एमाले जिल्ला कमिटी खोटाङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न खोटाङ आएका ओलीले दिक्तेल पुग्नअघि हलेसीमा पूजाआजा गरेका हुन् । पूजाआजापछि पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलन सुरु हुँदा १२ः४९ बजेको थियो ।

१:१९ बजे

पत्रकार सम्मेलन सकेर पाहुना बाटो लाग्दा १ः१९ बजेको थियो ।

प्रतिक्रिया दिनुहोस्