तुवाचुङकर्मी किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’



ओखलढुंगा । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरेका छन् ।

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले स्थापना गरेको २०८१ को ‘लिब्जु–भुम्जु पुरस्कार’ तुवाचुङ साप्ताहिकको अवलाइन संस्करण तुवाचुङ डटकमको उपसम्पादकसमेत रहेका  कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गरिएको हो ।

‘आफ्नै मातृभाषाको पुरस्कार प्राप्त गर्दा नोबेल पुरस्कार पाएको अनुभूति गरेको छु,’ मानेभन्ज्याङ गाउँपालिका–५, ओखलढुंगाको माथिल्लो रिचुवामा भएको २५औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता तथा गोष्ठीमा पुरस्कार थापेपछि किरातीले खुसी व्यक्त गरे, ‘योभन्दा खुसीको क्षण अरू हुनै सक्दैन । अब मैले अरू पुरस्कार नपाउँदा फरक पर्दैन ।’

पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिकमा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एकलाई प्रदान गरिँदै आएको सम्पादक गणेश वाम्बुले राईले जानकारी गराए ।
इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णांक २५ (लिब्जु–भुम्जुको ९८औं शृंखला), २०८१ साउन–असोजमा प्रकाशित कवि किरातीको ‘बुल्याम पो दाजु ब्अिम्सै हाहासिम’ (बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए) शीर्षाकृत कविता पुरस्कारनिम्ति चयन गरिएको थियो ।

यस कविताले ग्रामीण जनजीवनको चित्रण गरेको छ । रोजगारीका निम्ति सिलोङ पुगेका एक युवकले उतैबाट खसिनीलाई जीवनसंगिनी बनाएर घर भिœयाएपछिको गृहस्थी जीवनको सुन्दर बयान छ । घरगृहस्थी धान्ने परम्पराको मौलिकता आफ्नै छ । तर, पुर्खाले आर्जेको मातृभाषा र संस्कृति बिस्तारै लोप हुँदै गएको तथा युवा पुस्ताले बिर्संदै गएको प्रसंग काव्यिक ढंगले प्रस्तुत गरिएको छ ।

आमा प्रेमसरी राई र बुवा रन्जित राईको जेठो छोरा देवराज राई (सोनाम सज्जन किराती) को जन्म २०४३ माघ १० गते हलेसी तुवाचुङ नगरपालिका–२, दाम्ली, खोटाङमा भएको हो । उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । कविता, निबन्ध, आलेख र समाचार लेख्दै आएका उनको ‘नपुंशक स्वर्गको विरुद्ध आगो’ (कवितासंग्रह, २०७२) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरण संग्रह, २०८०) प्रकाशित छन् ।

वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गरेका हुन् । यो पुरस्कारबाट २४ कवि पुरस्कृत भइसकेका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ ।

लिब्जु–भुम्जु पुरस्कार २०८१ बाट पुरस्कृत वाम्बुले राई भाषाको कविता :

बुल्याम पो दाजु ब्अिम्सै हाहासिम

–सोनाम सज्जन किराती

ढ्वाङ्कुमो ब्अिम्सै
कुक्सी स्वात्थोङ पुमल्वा बाक्साख्
तस्सेल्वाम ङासी स्वाट्टै टुसै
मेलोल्वा हलगोरु हाल्पाच्चाम
लोटो हालिङ्चिम बाङ
आन्ची ब्अुलुम किर्चाम
ब्अुलुमल्वा कुब्जाख्वा सुक्सै हाल्पाच्चाम
आमस्याम थी हिमालु साइलाङ दिन

ड्अ्वाम च्यार्मेइल्वाङ चेलपौम
बुल्यामब्ओमो भोउजू
साइलाख् मेलोल्वास गोरु अडेपौख्वा
ख्वार्फुना ख्वार्फुना काकड्आख्वासिम

इम द्यालल्वा उतिसारो डा
आचु काकड्आखो पातुम बाया
आङ इसलुम काकुड्आखोख्वा
भोउजुक आथोउतिङ फेर च्यालपातुम
ए बुल्यामङाब्ओम ! ए बुल्यामङाब्ओम !

भोउजू याके त्वाम त्यार्सै देमे
हैचाङ लाडी
क्वालछिन ख्वार्डुङ ड्अुसो आक्वाल सारो
जासितुसिस आग्वाक्चोस्याङ वानुमेइ
कुडुल्वा तानेतुने जुठाभाँडा स्याकब्य्राक पासै बुर्म
इल्वाङ स्वात्थोङ पुमल्वा ब्लान्डिक च्याम्लापातुम
लु ब्लास्ता खाजा जाचाम

बुल्याम पो दाजु ग्यार्सै हासिम
गाँडु उनतिचो आमाचिनी
हल ख्वार्चो आक्वाल क्र्याम्खो सिइदेसाख्
अँ लाद्रो ट्वाप्सिके सजिलो बाःम
खासी पासी डा गारो द्यामदुम्मे

बुल्यामब्ओमोख्वाइ लिप्टुम
भौजुख्वा राडुयोर निक्खो आजुप्तु
तिवाइँ खसिनी ज्वाल्मुन्चो टाम
रिपोकुडु प्ल्यासाख् क्वाल राडुबिल ब्लामेई
च्याबब्रोस सिलाङ ल्वामेई दाजुख्वा
र्वाम्पुङचिमाख्वा दुखाङ दाम्लो चाल्सुचिमेइ तिम

आन्ची राडुयोरख्वा
मेलो राइपातुचिम
ङासी सट्के पासै ब्ओक्टुम
च्याप काप्टा क्वालै खेपा
देसै आङ सिलाङल्वाम योर ब्ओर्तुम
इल्वाङ च्याप्नै ङासी स्वाट्टै टुसुम

इमपाराख्वास क्र्वाब्वाम फुटुचिम
क्वाक्सै चार्जा क्लम्सुचिम
चार्जाजत्ति ङासी ख्वाक्साख् रुम्मे
ङासी हिउँदोभर रक्सी चार्साख रुम्मे

त्याप्पी बुल्यामपो कुडुल्वास बाःम
चाच्वा–चाच्वामे क्वासै
इम ल्वाचो बलबैसो ब्अिम्तुम
रुतुम ख्वार्लिदिक्मेइ वाल्खातिड्
रितुमबायातिड चेइलदिम
चाकुल कल्लेकोपी खासी पौमेई
त्यापिपी इमस्याम परेआदुम
त्याङ्वाम बेबाख् फुरि आप्याक्बि
फ्वाइतिफुरिख् जोर आप्वाइम
खालि खुसपाम्मे, प्व्राक्बिम
आल डा फुरि ब्वाइपास्सिस मुस्किल बाःम
ङेवातिड् आम जमानाल्वा खुजिवा दुम्किम
पुर्खाक पाह्याम्मेइ रितुम माच्चे खुजिवा बाकिम
बुल्याम पो दाजु ब्अिम्सै हाहासिम ।

अनुवाद :

बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए
–सोनाम सज्जन किराती
ढ्वाङ्कुमो सोच्दै
कुक्सी स्वात्थोको फेदमा बसेर
डबकाको जाँड स्वाट्टै पियो
मेलोको हलगोरु हिँडाउन
लोसोतालले हिँडेमा
दुवैको पुच्छर निमोठ्न
पुच्छरमा लौरोले घोच्दै हिँडाउन
यस्तै थियो हिमालु साइँलाको दिन

घाम चर्कंदै गर्दा सोध्छिन्
बुल्यामकी आमा भाउजूले
साइँलाले मेलोमै गोरु अड्याएर
जोत्दाजोत्दै तिर्खाएको छ

त्यो गाउँमा त्यत्तिसारो त
को पो तिर्खाएको छ र
उसलाई त्यस्तो अनुभूत गर्छ तिर्खाले
भाउजूले सुनेन भने फेरि बोलाउँछ
ए बुल्यामकी आमा ! ए बुल्यामकी आमा !

भाउजू पनि झर्किंदै भन्छिन्
हैजाको लादी
एकछिन जोते हुन्थ्यो कत्तिसारो
खान पिउन नदिएजसरी कराएको
घरको तानतुने जुठा भाँडा बढारकुडार गर्दै गनगनिन्छिन्
त्यसपछि रुखका फेदमा पुगेर बोलाउँछ
लु आऊ खाजा खान

बुल्यामको बाउ दाजु आउँदै ठट्टा गर्छ
गाँडु तिमीहरू के चाल पाउँछौ
हलो जोत्न कति भोकायो भनेर
अँ घोक्रो सुकुन्जेल कराउन सजिलो छ
काम गर्न त गाह्रो हुन्छ

बुल्यामकी आमाले जवाफ दिन्छ
भाउजूले वाम्बुले भाषा त्यत्ति पारा ल्याउँदिनन्
भए पनि खसिनी जन्मेको ठाउँ
माइतीघर छाडेर एक किरातीसँग आएकी छन्
अलिक बार सिलोङ गएका दाजुन्वा
देखाभेट गरेर दुःखको दाम्लो बाटेका हुन्

दम्पतीको वाम्बुले भाषाले
मेरो राम्रो बनाइरहेको छ
जाँड स्वाट्टै पारेर रित्तायो
अलिक थप एकपटक
भन्दै उसले सिलोङको प्रसंग उक्कायो
अनि अलिक जाँड स्वाट्टै पियो

त्यसो गरेर मकै छरे दम्पतीले
खन्दै कोदो रोपे
कोदोजति जाँड पकाएर सकियो
जाँड हिउदभरि रक्सी चुहाएर सकियो

हिजोआज बुल्यामको बाउ घरमै छ
नातिनातिनी गोहोलो गर्दै
त्यो गएको बल बैंस सम्झियो
हेर्छ जोतिहिँडेका जग्गाहरू
रीतिमुन्दुमहरू सिकिहिँड्छ
कहिले कलियाकोपीको काम गर्छ
अहिले त्यस्तो गर्नु पर्दैन
अहिलेका केटाकेटीहरू फूल टिप्दैनन्
रीतपूर्वक मगनी बिहे गर्दैनन्

मात्र चोर्छन्, भगाउँछन्
यहाँ छ फूल फुल्न मुस्किल छ
पतिहरू यो जमानामा चोर बनेका छौं
पुर्खाले गर्दै ल्याएका रीतिथिति बिर्सिन चोर छौं
बुल्यामको बाबु दाजु सम्झिँदै भक्कानिए ।

प्रतिक्रिया दिनुहोस्