मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्– बिमला राई मेयरका ‘स्ट्रङ’ उम्मेदवार



‘समग्रमा ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङले भने, ‘दलगत हिसाबले नसोची भन्ने हो भने मेयरका सातजना उम्मेदवारमध्ये बिमला राई स्मार्ट उम्मेदवार हुन् । उनमा प्रशस्तै क्षमता र सम्भावना पनि छ ।’

नढाँटी भन्ने हो भने हलेसी तुवाचुङ नगरपालिकाका महिला तथा पुरुष नेताभन्दा बिमला राईको क्षमता धेरै माथि देखिन्छ ।‘नगरवासीसँगको सम्पर्क तथा सम्बन्ध, बोलीचाली, सिलस्वभाव, संगठनमा बलियो पहुँच देखिन्छ,’ मुन्दुम अध्येता चाम्लिङले थपे, ‘उल्लिखित आधारलाई मान्ने भने बिमला राई अरूभन्दा स्मार्ट र स्ट्रङ देखिन्छन् ।’

‘हलेसी तुवाचुङ नगरपालिकामा आफूसम्बद्ध पार्टीका नेता तथा कार्यकर्तालाई ‘मोबिलाइज’ कति गर्न सक्छन्,’ उनले सुनाए, ‘त्योचाहिँ एकठाउँमा होला । अरू हिसाबले उनी बलशाली देखिन्छन् ।’

अर्को ‘प्लस प्वाइन्ट’ पनि छ । ‘त्यो भनेको उनले भेगीय मत पाउने सम्भावना त्यत्तिकै छ,’ उनको बुझाइ छ, ‘च्यास्मिटार पश्चिमको भोट आकर्षित गर्न सक्ने सम्भावना उत्तिकै छ ।’

हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर हुँदा उनी गाउँ–गाउँ, टोल–टोल पुगिन् । त्यतिबेला एकखालको सम्पर्क, सम्बन्ध विस्तार हुने नै भयो । महिला उम्मेदवार भएकाले महिलाको सहानुभूति पाउन सक्ने बलियो आधार रहेको मुन्दुम अध्येता भोगीराज चाम्लिङले अड्कल काटे ।

आसन्न स्थानीय तह निर्वाचनमा मेयरका लागि बिमला राई (काँग्रेस), खडेन्द्र साम्पाङ राई (एमाले), रुशिका राई नेकपा (माओवादी केन्द्र), अन्जिलहाङ राई (जसपा), तुलसीकुमार राई (खम्बुवान राष्ट्रिय मोर्चा), विनेश राई (मंगोल नेसनल अर्गनाइजेसन) र राप्रपाबाट छत्र पुरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्