
दुर्छिम (खोटाङ) । गायक मविन्द्र राईको ‘फूलै पहेंली’ शीर्षाकृत गीत सार्वजनिक भएको छ । गायक राई र गायिका निर्मला घिसिङ स्वरबद्ध गीत Mabindra Rai5 युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
‘हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मामा गाइने पुरानो भाकामा मैले गीत लेखें,’ गायक राईले सुनाए, ‘संवत् २०४७/०४८ सालताका यस भाकामा गीत गाउने हजुरबुवा कृतिबहादुर राई, रोमबहादुर राई र आपा स्वर्गीय हिंगराजकुमार राईहरूले गीत लेख्न र गाउन प्रेरित गर्यो ।’

११ मिनेटको गीतमा मायाप्रीतिभन्दा टिकटके सम्बन्धबारे ठट्यौलीपारा उजागर गरिएको छ । पछिल्लो समय टिकटकमा समेत सक्रिय गायक राईले ‘टिकटक साझा चौतारी’ नामक समूह निर्माण गरेका छन् । हालै सार्वजनिक गीत तथा भिडियो निर्र्माणका लागि समूहमा आबद्ध प्रसन राई, पूर्ण भाट, जगत गौतम, उषा याम्फू, पवन दाइ, उर्मिला रुम्दाली, सुलजना घिसिङ, नारायण चन्द, टीकाराम गिरी, मोहन पौडेल, एरोना लामा, कोविड सुब्बा, देवान राई, कमल भट्टराई, पर्देशी दाइ, समिता रानामगर, सुम्निमा राई, सागर किराती, सुरेश चाम्लिङ, चूडामणि निरौला, सहदेव विष्ट, ढुण्डीराज दुलाल, सीता मगर, जयन्ती शर्मा, लेखिना राई र गजेन्द्र राईले रकम संकलन गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मा खोटाङनिवासी गायक तथा गीतकार राईको हालै सार्वजनिक गीत तथा भिडियो स्टुडियो किङ सञ्चालक/एरेन्जर मनोज सामसोङ राईले Mabindra Rai5 मा अपलोड गरेको बटन थिचेर सार्वजनिक गरेका थिए । कार्यक्रममा गायक तथा रेकर्डिस्ट सुरेश राई, गायक तथा संगीतकार रत्न राई, संगीतकार/एरेन्जर लक्ष्मण चौलागाईं, गीत निर्माता गजेन्द्र राईको उपस्थिति रहेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।



