साँझ हलेसी पुगेकाहरू भोलिपल्ट बिहानै दर्शन गरेर बाटो लागिहाल्छन् । अपवादबाहेक दर्शनका लागि हलेसी पुगेकाहरू फर्कन हतारो गर्छन् । मानौं– हलेसीमा हलेसीबाहेक केही छैन ।
हलेसीमा हलेसीबाहेक थुप्रै ‘अर्गानिक’ पर्यटकीय स्थल छन् । सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय स्थल कम्ती लोभलाग्दा छैनन् । संस्कृति, इतिहास र प्रकृतिसँग जोडिएर आउने यहाँका यस्ता ‘अर्गानिक’ पर्यटकीय स्थललाई हलेसीसँग जोड्न ढिला गर्न हुँदैन ।
‘त्रिधाम हलेसी’ नामक किताबले हलेसीलाई संस्कृति, प्रकृति र इतिहाससँग जोड्ने प्रयत्न गरेको छ । यो किताब पढेपछि हलेसी पुगेकाले घर फर्कन हतारो गर्ने छैनन् । जतिसुकै हतार हुनेले पनि हलेसीमा केही समय बिताउनेछन् । तपाईंको हातमा परेको किताबले त्यो काम गर्ने पक्कापक्की छ ।
‘त्रिधाम हलेसी’ हलेसीको संस्कृति, प्रकृति र इतिहास बुझ्ने आँखीझ्याल हो ।