अमेरिकी राष्ट्रपतिले प्रधानाध्यापकलाई लेखेको चिट्ठी



मानिस व्यस्त हुनु अस्वाभाविक होइन । व्यस्तताले सम्बन्धित मानिसलाई सहज र असहज पनि गराउँछ । त्यसमध्ये पनि राजनीतिक नेता त झन् धेरै व्यस्त हुन्छन् । राजनीति भनेको समाजसेवा भएकाले उनीहरू व्यस्त हुने गर्छन् ।

अत्यधिक व्यस्तताले घर–व्यवहारमा समय दिन सक्दैनन् । छोराछोरी हेरचाहमात्रै होइन, ‘करिअर’बारे चिन्तन गर्ने फुर्सद हुँदैहुँदैन । तर, इच्छाशक्ति भयो भने समय व्यवस्थापन गर्न सकिन्छ । सकिँदोरहेछ भन्ने दृष्टान्त कति छन् कति । त्यसमध्ये एक व्यक्ति हुन्– अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन । लिंकनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई दिव्योपदेश शैलीमा त्यतिबेला लेखेको चिट्ठी हिजोआज पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । उनले ‘मेरो छोरोले के सिकोस्’ शीर्षाकृत चिट्ठी संसारभरिका अभिभावकका लागि उत्तिकै प्रेरणादायी बनेको बनेको छ । चिट्ठीको पेटबोली यस्तो थियो ।

मेरो छोरोले के सिकोस् ?

श्रीमान् प्रधानाध्यापकज्यू,

मेरो छोरोले सबै मानिस एकैकिसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट र सज्जन मानिस छन् । स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् । अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला । तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो ? राम्ररी बुझोस् ।

यसैगरी, ईष्र्यायुक्त हाँसोको भित्री मर्म बुझोस् । उनलाई आकाशमा उडिरहेका चरा, रमाइलो दिनमा भुन्भुनाइरहेका माहुरी र पहाडी काखमा फुलेका फूलको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।

मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरा राम्ररी छु्ट्ट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिलेकाहीं आँखाबाट आँसु झार्नु लाजमर्दाे कुरा होइन भनिदिनुहोस् । उनले आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् ।

उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जिउज्यानले लागिपरोस् । ऊभित्र सत्य र न्यायका लागि संघर्ष गर्न साहस र दृढशक्तिको विकास गरिदिनुहोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्नेगरी चाहिँ होइन ।

सम्झनुहोस्– आगाको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैं केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् । अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ । धन्यवाद ।

अब्राहम लिंकन
ह्वाइट हाउस, वासिङ्टन डीसी, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्