आमा र ऐना


आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो अनुहार कस्तो देखिन्छ ? उहाँलाई केही पनि सायद याद थिएन । जिन्दगीको लामो समय उहाँले ऐना नहेरेरै बिताउनुभयो ।

ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी वा त्यस्तै–त्यस्तै जलविम्बहरूमा हेरेर पूरा गर्नुभएको थियो । उहाँ आफ्नो अनुहार हेर्नुपर्यो भने तिनै स्थलहरूको चयन गर्नुहुन्थ्यो ।

एकदिन उहाँले ऐना हेर्न पाउनुभयो । त्यतिखेर उहाँ बुढ्यौलीका दिनहरू नाप्दै हुनुहुन्थ्यो । ऐनामा आफ्नो अनुहार हेरिसकेपछि उहाँले चाउरी परिसकेको आफ्नो गाला मुसार्दै यतिमात्रै प्रतिक्रिया दिनुभयो, ‘म उमेरकी छँदा यो ऐनामा हेरेकी भए कस्ती देखिन्थे हुँला ?’
उहाँ भावुक बन्नुभयो । हामी पनि भावुक भयौं ।

प्रतिक्रिया दिनुहोस्