काँग्रेसले यसपटक चियापान समारोह नगर्ने


काठमाडौं । काँग्रेसले सालिन्दा कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान समारोह यसपटक नगर्ने भएको छ ।

कोभिड–१९ को संक्रमणका कारण आगामी कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संवत् २०३३ मा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ देखि सालिन्दा काँग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्