४१ घन्टा ५ मिनेट नाचेर गिनिजबुकमा नाम



काठमाडौं । लगातार ४१ घन्टा ५ मिनेट जोडी नृत्य (कपल डान्स) गरेर कलंकी काठमाडौंका सहोदार दिदीबहिनी एलिसा श्रेष्ठ र रुविसा श्रेष्ठले गिनिजबुकमा नाम लेखाएका छन् ।

गिनिजबुकमा नाम लेखाउन सफल श्रेष्ठद्वयको कामको सराहना गर्दै वल्र्ड रेकर्ड फाउन्डेसन नेपालले उनीहरूलाई प्रमाणपत्र र मेडलसहित सम्मान गरेको हो । नेपाली कला विश्वसामु पुर्‍याउन नेपाली चेलीले गरेकोे योगदानको कदर गर्दै सम्मान गरिएको वल्र्ड रेकर्ड फाउन्डेसन अध्यक्ष चित्रकुमार कार्कीले जानकारी गराए ।

गिनिजबुकमा नाम लेखाउन सहयोग गर्दै आएका सर्मिला श्रेष्ठ र समाजसेवी सुवास लिम्बूले समेत विश्व कीर्तिमानधारी दिदीबहिनीलाई प्रमाणपत्र र मेडलसहित सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्